असार २२, २०८२ आइतबार July 6, 2025

गण्डकी प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८-७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ ।

बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले आगामी बजेट कोरोना महामारीका कारण सिर्जित चुनौतीको सामना गर्दै जनजीवनलाई समान्यीकृत बनाउन र वर्तमान सरकारले अघि सारेका विकास, सुशासन र समृद्धिको मार्गमा देखापरेका असरलाई निराकरण गर्दै प्रादेशिक अर्थतन्त्रलाई गतिशील बनाउन केन्द्रित हुने बताउनुभयो ।

कोरोनाको दोस्रो लहरबाट हुने क्षति र असरलाई कम गर्न रोकथाम, नियन्त्रण र औषधोपचार तथा सबै नागरिकलाई खोप उपलब्ध गराउने व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याइने उहाँले बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहबीचको आपसी समन्वय र सम्बन्धलाई थप सुदृढ गरिने बताउँदै उहाँले भन्नुभयो, ‘‘कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउँदै पुनः पहिलेको अवस्थामा फर्काउनेतर्फ लागिने छ ।’’

पूर्वाधार विकास, उत्पादनमुखी साथै गरिबी निवारणका कार्यक्रमलाई जोड दिइने मन्त्री गुरुङको भनाइ छ । उहाँले प्रदेशको राजश्व प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र प्रविधिमा आधारित बनाई आन्तरिक आयलाई प्रदेशको आम्दानीको मूल आधारका रुपमा विकास गर्न जोड दिइने छ भन्नुुभयो । सार्वजनिक खर्चलाई व्यवस्थित गर्दै आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकासका क्षेत्रमा स्रोत र साधन केन्द्रित गरिने मन्त्री गुरुङले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार