श्रावण ५, २०८२ सोमबार July 21, 2025

एमालेका सात मन्त्रीलाई पार्टीबाट निष्काशन गर्न केन्द्रमा सर्कुलर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले तीन मन्त्री र तीन राज्यमन्त्रीसहित सातजनालाई पार्टीबाट निष्काशन गर्न केन्द्रमा सिफारिस गरेको छ ।

प्रदेश कमिटीले सोधेको स्पष्टीकरणमा जवाफ नआएपछि आवश्यक कारबाहीस्वरूप पार्टीबाट निष्काशन गर्न पार्टी केन्द्रमा सिफारिस गरेको हो ।

प्रदेश कमिटीका सचिव राजेन्द्र रावलका अनुसार कारबाहीका लागि सिफारिसमा पर्नेमा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज रहेका छन् ।

त्यस्तै, एमाले प्रदेशसभाकी सचेतक दुर्गाकुमारी कामीलाई पनि कारबाहीको सिफारिस गरिएको छ । मंगलबार (भोलि) बालुवाटारमा बस्ने पार्टी स्थायी कमिटी बैठकले सिफारिसअनुसार कारबाहीबारे निर्णय गर्ने बताइएको छ।
पार्टी केन्द्रको निर्णय विपरित सरकारको समर्थन निरन्तरता दिएको भन्दै एमालेले यसअघि सरकारका मन्त्री तथा प्रदेश संसदीय दलका नेतासहित तीनजनालाई साधाराण सदस्यबाट हटाइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया