काठमाडौंः सरकारले यस बर्षको एसइई परीक्षाको नतिजा आन्तरिक मूल्याङ्कनबाट गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवाश बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षको एसइई परीक्षाको आन्तरिक मूल्याङ्कन विधि अनुसार गर्ने निर्णय पारित गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले आइतबार मात्रै एसइईको परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो सोही प्रस्तावका आधारमा शिक्षामन्त्रीले मन्त्रिपरिषद् मा प्रस्ताव पेस गरेका थिए ।
विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारी सार्वजनिक गर्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया