काठमाडौंः जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही स्वरुप पार्टीबाट निष्कासन गरेको छ ।
बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो ।
यादवलाई कारबाही गरिएको निर्णय सहितको पत्र आजै निर्वाचन आयोगमा बुझाएको डा. सुरेन्द्र झाले जानकारी दिए ।
उता, ,यादव पक्षले भने आजै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणकर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरणको जवाफ नदिएको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया