काठमाडौंः सत्तारुढ नेकपा एमाले निकट जनसंगठनहरुले एमालेलाई कमजोर पारेर विखण्डनको दलदलमा फसाउन चाहने कुनै गतिविधि विरुद्धमा सशक्त ढंगले लाग्न अपिल गरेका गरेका छन् ।
विभिन्न १६ जनसंगठनहरुले मंगलबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै मूल पार्टीको पक्षमा दृढतापूर्वक उभिई राष्ट्रिय आकांक्षालाई पूरा गर्न एकजुट भई लाग्न अनुरोध गरेका हुन् ।
संयुक्त जारी गरिएको प्रेश विज्ञप्तीमा ‘आशा र भरोसाका केन्द्रको रुपमा रहेको नेकपा (एमाले) लाई तोड्ने र कमजोर पारेर विखण्डनको दलदलमा फसाउन चाहने कुनै पनि प्रकारका नकारात्मक गतिविधिहरुका विरुद्धमा सशक्त ढंगले लाग्न पनि आम कार्यकर्तालाई अपिल गर्दछौं,’ भनिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया