श्रावण ५, २०८२ सोमबार July 21, 2025

माधव – झलनाथ समुहले बोलाएको बैठकमा नजान केन्द्रीय सदस्यहरुलाई एमालेको निर्देशन (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा एमालेले माधव नेपाल पक्षले बोलाएको भनिएको बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरवहादुर तामाङले बिहिबार बिहानै एक वक्तव्य जारी गर्दै पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन सचेत गराएका हुन् ।

‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु’ वक्तव्यमा भनिएको छ ।

सचिव तामाङले अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था रहेको स्मरण गराएका छन् ।

माधव नेपाल पक्षले आज विहान ११ बजे केन्द्रीय समिति बैठक बोलाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया