काठमाण्डौंः सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको स्थायी समिति बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।
आज बिहीबार चार बजेलाई बोलाईएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । यसअघि बुधबारको बैठक बिहीबारलाई सारिएको थियो ।
एमालेमा चर्केको अन्तरसंघर्ष र नेताहरुको कारवाहीबारे सम्वाद चलिरहेकाले बैठक स्थगित भएको अध्यक्ष ओली निकटका एक नेताले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया