असार २९, २०८२ आइतबार July 13, 2025

प्रधानमन्त्रीद्धारा खाेप उपलब्ध गराउने अमेरिकी घोषणाको स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उपलब्ध गराउने अमेरिकी घोषणाको स्वागत गरेका छन्। प्रधानमन्त्री ओलीले बिहिबार साँझ ट्वीट गर्दै अमेरिकी घोषणाको स्वागत गरेका हुन्।

उनले कोभिडविरुद्ध खोप उपलब्ध गराउने घोषणामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद समेत दिएका छन्।

प्रधानमन्त्री ओलीले उक्त घोषणाले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने पनि ट्वीटमार्फत व्यक्त गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले एशियाका बिभिन्न १७ वटा देशलाई करिब ७० लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ। नेपाललाई दिइने भनिएको खोप पनि यसै घोषणा अन्तरगत पर्दछ। नेपालले ५० लाख डोज खोप प्राप्त गर्ने भनिएतापनि अहिले सम्म कति परिमाणमा खोप दिने भन्ने बारे खुलाइएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार