काठमाण्डौंः सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने आक्रमणका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत कानुन ल्याउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवाश बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कार्यस्थलमा दिनहुँ जसो स्वास्थ्यकर्मीहरुमाथि आक्रमण हुन थालेपछि अध्यादेशमार्फत कडा कानून ल्याउने निर्णय गरेको हो ।
बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा ल्याउन लागिएको अध्यादेशमा स्वास्थ्यकर्मीलाई कुटपिट गरी अंगभंग तुल्याएमा, घाइते तुल्याएमा ३ वर्ष कैद र ३ लाखसम्म जरिबाना र अस्पताल आगजनी गरे ३ देखि ५ लाख रूपैयाँसम्म जरिवाना र २ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया