काठमाण्डौंः “राज संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापना” को माग गर्दै तराइमा संघर्ष गरिरहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले उक्त आन्दोलनलाई निर्णायक बनाउन देशव्यापी रुपमा संचालन गरेको “नागरिक संवाद अभियान” जारी राखेको जनाएको छ ।
प्रदेश नं २ का अधिकांस जिल्लाहरुमा आफ्नो संगठन विस्तार गरिसकेको मोर्चाले स्थानीय स्तरसम्म संगठन विस्तारलाई तिब्र पारेको जनाएको छ ।
प्रदेश दुईको लगभग सबै स्थानीय तह र वडासम्म मोर्चाको मुल कमिटी र वर्गीय एवं भातृ संगठन विस्तारलाई तिब्रता दिएको मोर्चाले “जनतान्त्रिक युवा संघ” को प्रदेश नं २ को प्रभारी/ईन्चार्जमा सिरहा जिल्ला नवराजपुर -१ का ईन्जिनियर जिबछ यादवलाई मनोनीत गरेको छ ।
जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक समेत रहेका डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले एक प्रेस वक्तव्य जारी गर्दै उक्त कुरा सार्वजनिक गरेका छन् ।
जारी प्रेस वक्तव्यको पूर्णपाठः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया