असार २९, २०८२ आइतबार July 13, 2025

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, जसपाबाट १० मन्त्री नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुद मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार साँझ नै राष्ट्रपति कार्यालय शितलनिवाशमा पद तथा गोपनियताको शपथ समेत लिएका छन् ।

वर्तमान मौजुदा मन्त्रीपरिषदमा जनता समाजवादी पार्टी (जसपा)बाट ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सामेल भएको छ । मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री थपिएका छन् । विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री र अर्थ, रघुवीर महासेठ उपप्रधानमन्त्री र परराष्ट्र तथा राजेन्द्र महतो उपप्रधानमन्त्री र सहरी विकास मन्त्री नियुक्त भएका छन् ।

सरकारमा उपप्रधान तथा अर्थमन्त्री पौडेलसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार तामाङ तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले निरन्तरता पाएका छन् ।

नेकपा एमालेबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा शेरबहादुर तामाङ नियुक्त भएका छन्।

जसपाबाट शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, अनिलकुमार झा खानेपानी, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमलप्रसाद श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।

सरकारमा चन्द्रकान्त चौधरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा रेणुका गुरूङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार