श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सभापति देउवाद्वारा प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति दुःख व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको प्रजातान्त्रिक आन्दोलनका योद्धा, पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनको आज बिहान काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको सक्रिय योगदान सदा स्मरणीय रहने उल्लेख गर्दै उनिप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

नेपाली कांग्रेस चितवनका सल्लाहकार समितिका संयोजकसमेत रहनुभएका स्व श्रेष्ठ कांग्रेसमा एक सरल र निष्ठावान् नेताका रुपमा चिनिन्थे। कांग्रेसका संस्थापक नेता विपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंहलगायत शीर्ष नेतासँगको सहयात्रीका रुपमा रहेर श्रेष्ठले प्रजातन्त्र प्राप्तिका लागि भएका सङ्घर्ष र आन्दोलनमा सक्रिय योगदान पुर्याएका थिए ।

यसै क्रममा, तत्कालीन पञ्चायती व्यवस्थाले उनको सम्पत्तिसमेत सर्वस्वहरण गरेको थियो र लामो समयसम्म प्रवासमा बस्नुका साथै जेल जीवनसमेत व्यतीत गरेका कांग्रेसले जनाएको छ। उनको निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी नेतालाई गुमाएको उल्लेख गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार