असार २९, २०८२ आइतबार July 13, 2025

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, ७ मन्त्री, एक राज्यमन्त्री नियुक्त (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

पूर्वमाओवादीबाट एकतामा आउनुभएका २ जना सहित एमाले र जनता समावादी पार्टीका तर्फबाट सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिएको छ । यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् तीन राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ । राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद् पुनर्गठनको सूचना प्रकाशित गरिसकेको छ ।

पुनर्गठित मन्त्रिपरिषदमा खगराज अधिकारीलाई गृह, राजकिशोर यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति, नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि, ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी विकास, नारद मुनी रानालाई वन तथा वातावरण, गणेशकुमार पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन र मोहन बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषदमा आशाकुमारी विक वन तथा वातावरण राज्यमन्त्री हुनुभएको छ ।

कास्की– १ बाट निर्वाचित अधिकारी सुशील कोइराला सरकारमा स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । सिरहा– ४ बाट जसपाबाट निर्वाचित यादव पनि दोस्रोपटक मन्त्री हुनुभएको हो । बाबुराम भट्टराई सरकारमा उहाँ सञ्चार मन्त्री हुनुहुन्थ्यो । नैनकला थापा राष्ट्रिय महिला आयोगको अध्यक्ष भइसक्नुभएको छ ।

पूर्वराज्यमन्त्री साह प्रदेश २ को प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलग गरेपछि उहाँले एमाले रोजेपछि माओवादी केन्द्रले प्रदेश सभा सदस्यबाट मुक्त गरेको थियो । कैलाली– ५ बाट कांग्रेस नेतृ आरजु राणालाई पराजित गर्दै एमालेबाट निर्वाचित हुनुभएका राना पहिलोपटक मन्त्री हुने अवसर पाउनुभएको हो । उहाँ २०६४ मा पनि संविधान सभा सदस्य हुनुहुन्थ्यो ।

सिन्धुली– १ मा एमालेबाट निर्वाचित पहाडी पनि पहिलोपटक मन्त्री हुनुभएको हो । उहाँ दुई पटक सांसद भइसक्नुभएको छ । एमालेको समानुपातिक सांसद बानियाँ पहिलोपटक मन्त्री हुनुभएको हो । उहाँ २०७० मा पनि एमालेबाट निर्वाचित हुनुभएको थियो । राज्यमन्त्री विक बझाङबाट निर्वाचित एमाले समानुपातिक सांसद हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार