असार २९, २०८२ आइतबार July 13, 2025

गण्‍डकीका मुख्‍यमन्‍त्री कृष्‍णचन्‍द्र नेपाली पोखरेलले प्रदेश सभामा लिए विश्‍वासको मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: गण्‍डकी प्रदेशका मुख्‍यमन्‍त्री कृष्‍णचन्‍द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्‍वासको मत लिएका छन् ।

मुख्यमन्त्री नियुक्त भएको एकहप्ता नबित्दै मुख्‍यमन्‍त्री पोखरेलले शुक्रबार प्रदेश सभा बैठकमा विश्‍वासको मत लिएका हुन् । प्रदेश सभामा उपस्‍थित ५८ सांसदमध्ये ३१ जनाले पोखरेललाई विश्‍वासको मत दिए भने २७ सांसदले विपक्षमा मतदान गरेका छन् ।

नेपालको संविधान धारा १६८(५) अनुसार मुख्यमन्त्री भएको व्यक्तिले मुख्यमन्त्री भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । गत बैशाख २९ गते संसद्को‍ ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि जेठ २९ मा नेपाली नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता समेत रहेका पोखरेल विपक्षी गठबन्‍धनका तर्फबाट मुख्यमन्त्री नियुक्‍त भएका थिए ।

६० सदस्यीय प्रदेश सभामा ३१ प्रदेश सभा सदस्यको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका थिए । प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद छन् । जनमोर्चाले कृष्ण थापालाई पार्टी ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पद गुमेपछि तीन सदस्यबाट २ सदस्य भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रसुवा बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनामा सांसद आचार्यको जोड
२०८२ असार २९, आइतबार
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार