असार २९, २०८२ आइतबार July 13, 2025

कोरोना झनै बढ्दो छ तर सीसीएमसी नेतृत्वविहीन छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा विश्वभरि महामारीको रूप लिएको कोरोनाको प्रकोप पुनः बढ्दै जाँदा संघीय सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता नदेखाएको पाइएको छ ।

कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई अधिकार प्रदान गरेर रोकथाम तथा नियन्त्रणको प्रयास जारी राखेको सरकारले माथिल्लो निकायबाट आवश्यक योजना तथा रणनीति तय गरेर त्यसको कार्यान्वयन गर्ने काम न्यून मात्रामा गरेको छ ।

केन्द्र सरकारअन्तर्गत यसअघि उच्चस्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मार्फत आवश्यक योजना तथा रणनीति तय गरेर कोरोना नियन्त्रणको काम हुँदै आएकोमा अहिले सीसीएमसी नै नेतृत्वविहीन अवस्थामा पुगेको छ । सीसीएमसी नेतृत्वविहीन बनेपछि पछिल्लो समय बैठक बस्न सकेको छैन भने नेतृत्व चयन गर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि चासो देखाएका छैनन् ।

सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेपछि सीसीएमसीको भूमिका कमजोर बन्दै गएको अवस्थामा पुनः उपप्रधान तथा सीसीएमसी संयोजक पोखरेललाई हटाइएपछि सीसीएमसी नेतृत्वविहीन अवस्थामा पुगेको खबर राजधानी दैनिकले प्रकाशित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मुद्रा : डलर १३७.५९ रुपैयाँ, युरो १६०.८२ रुपैयाँ, पाउण्ड १८६.०१ रुपैयाँमा कारोबार
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार