श्रावण १, २०८२ बिहिबार July 17, 2025

युनियन लाइफको आईपिओ आजबाट खुल्ला, कति र कहिले सम्म आवेदन दिन पाउने ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजबाट सर्वसाधारणहरुको लागि धितोपत्र(आईपिओ) को सार्वजनिक निष्काशन साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँ मध्यको ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनगर्न लागेको हो ।

उक्त सेयर कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २५० कित्ता शेयर खरिदकालागि आवेदनदिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथ वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको साधारण शेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । त्यस दिनसम्म माग गरिए भन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने जनाइएको छ ।

कम्पनीको आईपिओमा माग भन्दा बढि आवेदन पर्ने निष्चित छ हालै जारी भएका २ कम्पनी मनकामना स्मार्ट लघुवित्त र जीवन विकास लघुवित्तको आईपिओमा २० लाख भन्दा बढि आवेदकको आवेदन परेकाले यो कम्पनीको आईपिओमा पनि त्यसैको हारहारिमा आवेदन पर्नेहुँदा न्यूनतम १० कित्ता अर्थात एक हजारको आवेदन दिदाँ राम्रो हुने देखिन्छ ।अर्थ संसार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया