असार २९, २०८२ आइतबार July 13, 2025

अन्तत गण्डकी प्रदेशमा मार्सल लगाएर बजेट पास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गण्डकी सरकारले ल्याएको बजेट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधबीच पारित भएको छ । एमालेले लगातार संसद अबरुद्ध गरेपछि मार्सल लगाएर सदन चलाइएको थियो ।

बुधबार बसेको प्रदेश सभा बंठक लगातार तीन पटक स्थगित भएको थियो । चौथोपटक सुरु गरिएको बैठकमा ठूलो संख्यामा मर्यादापालक परिचालन गरी बजेट पारित गरिएको हो । यसभन्दा अघि एमालेले बजेट र योजनाको विषयमा २७ र २८ मा पनि पटक पटक संसद् अवरोध गरेका थिए । बुधबार बिहान मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको एमालेले उक्त पत्रको सम्बोधन नभएको भन्दै बैठक अवरोध गरेको हो ।

आइतबारदेखि सुरु संसद बैठकमा काँग्रेसले गरेको रकमान्तरको विरोध गर्दै अवरोध गर्दै आएको थियो । पछि संसदीय अनुगमन समिति गठन गर्ने सहमतिपछि संसद सुचारु भएको थियो । सोमबार टेबुल गरिएको विनियोजन विधेयकमाथि बुधबार छलफलको कार्यसूची थियो । तर सुरुआतदेखि नै एमालेले संसद चल्न दिएन र मार्सल लगाएर सदन चलाइएको हो ।

सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु आक्रोशित बनेका थिए । एमाले सांसद बसिरहेको कुर्सी छाडेर संसदको रोष्टम अघि नाराबाजीमा उत्रिए ।

सत्तापक्ष र प्रतिपक्षी सांसदबीच केहीबेर भनाभन भयो । यसअघिका भौतिक पूर्वाधार मन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले मन्त्रीको टेबुल नै फालेका थिए । आफ्नो सरकारको पालामा ल्याएका राम्रा योजनाको बजेट काटेकोमा प्रमुख प्रतिपक्षी दल एमालेले आरोप लगाउँदै आएको छ ।

यसैबीच, एमाले संसदीय दलले सो घटनापछि पत्रकार सम्मेलन गरेको छ । एमाले सांसद एवं पूर्व मन्त्री रामशरण बस्नेतले आफूले टेबुल नफालेको दाबी गरे । उनले नाराबाजीका क्रममा साँघुरो भएर आफूले टेबल सारेको बताए । उनले सरकार तानाशाही बन्दै गएको आरोप लगाउँदै एमालेले प्रतिवाद गर्ने स्पष्ट पारे ।

सरकार आगामी आवको लागि गत असार १ मा बजेट सार्वजजिक भएको थियो । मुख्यमन्त्री पोखरेलले निर्णयार्थ पेश गरेको बजेट नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा नेपाल र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आर्थिक वर्ष २०७८/०७९ विनियोजन विधेयक बहुमतले पास भएको हो । राजधानी दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मुद्रा : डलर १३७.५९ रुपैयाँ, युरो १६०.८२ रुपैयाँ, पाउण्ड १८६.०१ रुपैयाँमा कारोबार
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार