असार २८, २०८२ शनिबार July 12, 2025

ओली निकट अखिलद्वारा प्रधानन्यायाधीश राणा बिरुद्ध प्रदर्शन सहित पुत्ला दहन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बिहिबार साँझ अनेरास्ववियुले महेन्द्ररत्न क्याम्पस,ताहाचलमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको पुत्ला जलाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसलालाई निर्दलीय कदम भन्दै एमाले निकटस्थ अनेरास्ववियुको ओली समूहले राणाको पुत्ला दहन गरेको हो । उनीहरुले संविधान र लोकतन्त्र रक्षाको लागि पुत्ला जलाइएको बताएका छन् ।

अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य पंकज भण्डारीको नेतृत्वमा भएको विरोध प्रदर्शन तथा पुत्ला दहन कार्यक्रममा केन्द्रीय सदस्य संगम जेठारासहितका झण्डै तीन दर्जन विद्यार्थीको सहभागिता थियो । उनीहरुले काठमाण्डौ महानगरपालिका-१३ स्थित क्याम्पसको गेटदेखि सय मीटर परसम्म मसाल जुलुशसमेत निकालेका थिए ।

प्रदर्शनकारीहरुले अनेरास्ववियु जिन्दावाद, प्रधानन्यायाधीश राणा मूर्दावाद, नेकपा एमाले जिन्दावाद, हामी केही जान्दैनौं-प्रतिगामी छोड्दैनौं, आर्यघाटले के भन्छ, चोलेन्द्रलाई ले भन्छ भन्दै राणाविरुद्ध चर्को नारा लगाएका थिए । – जनआस्था

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया