श्रावण १, २०८२ बिहिबार July 17, 2025

साँढे २ सय म्यानपावर कम्पनीको कारोबार शून्य – १ वर्षमा १९ जना श्रमिक विदेश पठाउने म्यानपावरको संख्या १४१

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खाडी र मलेसियाबाहेकका नयाँ श्रम गन्तव्यको खोजी गर्न नसक्दा २५१ म्यानपावरको कारोबार नै शून्य भएको छ । कोरोना संक्रमणका कारण खुम्चिएको श्रम गन्तव्यको विस्तार गर्न नसक्दा विदेश जाने मात्र नभई म्यानपावरमा कार्यरत धेरैले रोजगारीसमेत गुमाएका छन् ।

कोरोना संकटका कारण वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका ८ सय ५४ म्यानपावर कम्पनीमध्ये २ सय ५१ म्यानपावर कम्पनीले एक जना पनि श्रमिक विदेश पठाउन नसकेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कोरोना संक्रमणका कारण श्रम गन्तव्यबाट नेपाली श्रमिकको माग नआएपछि सानो लगानीमा सञ्चालनमा रहेका कतिपय म्यानपावर कम्पनी संकटमा परेका छन् । व्यवसाय सञ्चालन गर्न २ करोड धरौटी राखेर इजाजतपत्र लिएको भए पनि श्रम गन्तव्यले माग नपठाउँदा कम्पनीको कारोबार नै शून्य भएर यस्तो अवस्था आएको हो । गत वर्षसम्म इजाजतपत्र लिएका ८५४ म्यानपावरमध्ये एक वर्षमा १९ जना श्रमिक विदेश पठाउनेको म्यानपावरको संख्या १४१ रहेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । विभागको गत आर्थिक वर्ष २०७७-७८ को वार्षिक श्रम स्वीकृति विवरण अनुसार, हाल सञ्चालनमा रहेका ८ सय ५४ म्यानपावर कम्पनीमध्ये १० देखि ३० जना श्रमिक पठाउने म्यानपावरको संख्या १२९ रहेको छ ।

गत वर्ष सबैभन्दा बढी श्रमिक विदेश पठाउने एड्भान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रालिले २ हजार ४ सय ९४ जना श्रमिक विदेश पठाएको छ । त्यस्तै २ हजार १७२ जना विदेश पठाएर सान नेपाल प्रालि दोश्रो नम्बरमा परेको छ । गत वर्ष एक हजार भन्दा बढी श्रमिक विदेश पठाउने म्यानपावर संख्या ९ रहेको छ । संख्याका आधारमा तेश्रोमा स्काई स्टार रिक्रुटमेन्ट प्रालिले १ हजार ४६२ जना कामदार विदेश पठाएको छ । एक हजार ४४५ कामदार विदेश पठाएर प्याराडाइज इन्टर्नेशनल प्रालि संख्याका आधारमा चौथो नम्बरमा परेको छ । पाँचौ नम्बरमा रहेको एसओएस म्यानपावर सर्भिसले १ हजार ४२९ र छैटौंमा रहेको भिजन एण्ड भ्यालू ओभरसिज प्रालिले १ हजार ३५५ जना कामदार विदेश पठाएका छन् ।

गत वर्ष २५ म्यानपावर कम्पनीले १ जना, १५ म्यानपावरले २ जना, १७ म्यानपावरले ३ जना, १६ म्यानपावर कम्पनीले ४ जना मात्रै श्रमिक विदेश पठाएका छन् । ४ सय १७ म्यानपावर कम्पनीले १ सय भन्दा कम संख्यामा श्रमिक विदेश पठाउन सकेका छन् । गत वर्ष ११ म्यानपावर कम्पनीले मात्र ५ सय भन्दा बढी संख्यामा श्रमिक विदेश पठाउन सकेका छन् । त्यस्तै ४ सय २० म्यानपावर कम्पनीले ५ सय भन्दा कम संख्यामा मात्र श्रमिक विदेश पठाएको विभागको तथ्यांकले देखाएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पुर्वअध्यक्ष रोहन गुरुङले कोभिड संकटका कारण श्रम गन्तव्यबाट माग नआएका कारण पनि म्यानपावरले श्रमिक पठाउन नसकेको बताए । उनले नेपालको श्रम बजार वार्षिक आउन लगभग ५ लाखक श्रमयोग्य जनशक्तिलाई वैकल्पिक रोजगारी दिइरहेको वैदेशिक रोजगारीका लागि नयाँ बजार खोज्न सरकारले नयाँ योजना नल्याएको आरोप लगाए ।

आर्थिक वर्ष २०७६-०७७ मा सबै भन्दा बढी श्रमिक पठाउने द रिभर ओभरसिज यस पटक ७औ स्थानमा पुगेको छ । यो कम्पनी कारवाइमा परी करोबार रोक्का गरिएको कारण एक वर्षमा १ हजार ३१० जना मात्रै विदेश पठाउन सकेको छ । आठौं नम्बरमा रहेको अक्सफोर्ड इन्टरनेशनल प्रालिले १ हजार २३३, नवौं नम्बरमा रहेको एल समिट म्यानपावर प्रालिले १ हजार १३९ र दसौं नम्बरमा रहेको इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालिले ९ सय २० जना मात्रै कामदार विदेश पठाएको छ । गत वर्ष म्यानपावर कम्पनीमार्फत ५५ हजार ८७९ पुरुष र ५ हजार ५४९ जना महिला गरी कुल ६१ हजार ४२८ जना मात्रै विदेश गएका छन् । कारोबारबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार