असार २९, २०८२ आइतबार July 13, 2025

सांसदका एकै स्वरः नागरिकता विधेयक छिट्टै पारित होस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभा सांसदले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग गरेका छन् । प्रतिनिधिसभा शून्य र विशेष समयमा उनीहरूले नागरिकता ऐन २०६३ संशोधन विधेयक तीन वर्षदेखि अड्किएकोप्रति समेत ध्यानाकर्षण गराए ।

४ साउन २०७५ मा प्रतिनिधिसभामा पेस नागरिकता ऐन संशोधन विधेयक अझैसम्म पारित हुन सकेको छैन । विधेयक पारित नहुँदा जन्मका आधारमा नागरिकता लिएकाका सन्तान नागरिकताबाट बञ्चित छन् । नेपाली नागरिक आमाको सन्तानले आमाकै नामबाट नागरिकता पाउनसमेत सकेका छैनन् ।

संसद्मा प्रस्तुत नागरिकता विधेयक रोकिनुको कारणसहित सांसदले जानकारी गराउन माग गरेका छन् । उनीहरूले नागरिकताबाट बञ्चित नहुन भन्दै तत्काल संसद्मा छलफल गरी पारित गराउन जोड दिएका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथि दफावार छलफल सकेर प्रतिवेदन पेस गरिसकेको छ ।

तर, सो विधेयकको प्रतिवेदनमाथि दलहरूले असहमति राखेका कारण अघि बढ्न सकेको छैन । समितिले विधेयक पारित गर्नुपर्नेमा कुनै चासो नदेखाएको र कार्यसूचीमा प्रवेश नपाएकोप्रति सांसदले आक्रोशसमेत पोखे । ‘नेपाली भएर पनि नागरिकताबाट बञ्चित हुँदा युवापुस्तामा राज्यप्रति वितृष्णा जाग्ने परिस्थिति आएको’ भन्दै उनीहरूले ‘सदनबाट विधेयक पारित गरी नागरिकता पाउने अधिकार दिनुपर्ने’ सुझाए ।

विशेष समयमा जनता समाजवादी पार्टी (जसपा) सांसद प्रमोद शाहले नागरिकता विधेयक पारित नहुँदा धेरै नेपाली अनागरिक भएर बस्नुपरेको बताए । ‘जन्मको आधारमा नागरिकता पाएकाको सन्तान कहिले यो देशको नागरिक हुने ? परिवारको एउटा सदस्यले नागरिकता पायो तर अर्कोले पाएको छैन, यस्ता नेपालीलाई कहिलेसम्म गैरनागरिक बनाएर राख्ने ? गैरनागरिक बनाएर राख्ने ? राष्ट्रवादी कसरी हुन्छ ? बरु विदेशी महिलाले नेपालमा विवाह नै गर्न नपाउने प्रावधान राख्न चुनौती दिन्छु ।’

प्रमुख प्रतिपक्षी एमाले सांसद लालबाबु पण्डितले नागरिकता विधेयक जतिसक्दो छिटो पास गर्नुपर्नेमा जोड दिए । संसद्मा अड्किएको धेरै भएको बताउँदै उनले विधेयक सहज रूपमा छिटो पास हुनुपर्ने उल्लेख गरे ।

नेकपा माओवादी केन्द्र सांसद इन्दु शर्माले नागरिकता विधेयक संसद्बाट पास नहुँदा धेरै अनागरिक भएर बस्नुपरेको भन्दै जतिसक्दो छिटो विधेयक पास गरिनुपर्ने बताइन् । ‘यो सदनमा पेश भएको नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदन छिटोभन्दा छिटो सर्वसम्मतिले पास गरियोस्,’ उनले नागरिकताबाट कुनै पनि नागरिकलाई बञ्चित बनाउन नहुँने धारणा राख्नेक्रममा भनिन् । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार
तीन सय ३६ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’
२०८२ असार २८, शनिबार