असार २९, २०८२ आइतबार July 13, 2025

झलनाथ खनाललाई दोस्रो अध्यक्ष बनाउन माधव नेपालको प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख विपक्षी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली अधिकारसहित नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको भन्दै दोस्रो पुस्ताका नेताहरूले एकताका लागि दबाब बढाएपछि उनले आफूभन्दा खनाललाई दोस्रो अध्यक्ष बनाउनुपर्ने सर्त अघि सारेका हुन्। उनले नयाँ पुस्ताका कुनै नेतालाई यो जिम्मेवारी दिए पनि मान्य हुने बताएका छन्। ‘मैले केपीको भनाइ बुझिसकेको छु,’ नेपाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘उनी दिन तयार छन् भने जेएन कमरेड वा तपाईंहरू दोस्रो पुस्तामध्येबाट कोही अध्यक्ष भए पनि मलाई मान्य छ।’

खासगरी दोस्रो पुस्ताका नेताहरूले ओलीसँग मिल्न निरन्तर आग्रह गरेपछि नेपालले आफूलाई दोस्रो अध्यक्ष नचाहिने र ओलीले दिन्छन् भन्ने विश्वास पनि नभएको बताएका हुन्। दोस्रो पुस्ताका नेताहरूले ओलीले कागज गरेरै दोस्रो अध्यक्ष दिने बताए पनि नेपाल पत्याउन तयार भएका छैनन्।

एमाले महाधिवेशन २०७१ असारमा सम्पन्न भएको हिसाबले पनि सात वर्ष पुगिसकेको छ। विगतमा पाँच–पाँच वर्षमा महाधिवेशन हुने गरेकोमा अहिले दुई वर्ष कटिसकेको हुँदा ओली अध्यक्ष बनिरहन नसुहाउनेसमेत नेपालले बताउँदै आएका छन्।

एमाले विधानमा ७० वर्ष उमेर पुगेका नेताले दलबाट अवकाश लिनुपर्ने प्रावधान छ। यस हिसाबले पनि ओली अध्यक्षको जिम्मेवारीबाट अलग्गिनुपर्ने आवाज उठ्दै आएको छ। विधानको उक्त प्रावधान ओलीले आफूलाई अनुकूल हुनेगरी संशोधन गराए पनि नेपाल पक्षले आफ्नो संलग्नताबेगर भएको संशोधन अस्वीकार गरेको छ।

नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण बिष्टले ओली नरम भएका र निकै सच्चिएको बताउँदै आएका छन्। तर, ओलीले हालै नेपाल पक्षलाई लक्षित गर्दै पार्टीमा अनुशासनहीन काम गर्नेलाई ‘एम्नेस्टी ग्रान्टेड’ भनेका थिए। त्यसबाट नेता नेपाल झनै आक्रोशित भएका छन्। नेपालले ‘महामहिम श्री ५ महाराजाधिराजबाट अभिव्यक्ति आयो, आममाफी दिइएको छ’ भन्दै ओलीको उक्त अभिव्यक्तिको विरोध गरेका थिए। त्यसपछि ओलीले माफी आफूले दिने नभई पार्टीले दिने भनेर स्पष्टीकरण दिएका थिए। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार