असार २९, २०८२ आइतबार July 13, 2025

भत्ताको सास्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः सरकारले वृद्धवृद्धाको ‘सामाजिक सुरक्षा’का लागि भत्ता दिँदै आएको छ। समयानुकूल बढाउँदै पनि लगेको छ। तर, त्यही भत्ता लिन बैंक पुग्दा कतिपय बुवा–आमाले भोग्ने सास्ती भने देखेको छैन।

गाउँतिर बैंक टाढा हुन्छ। हिँडेर जानुपर्छ। सबैको लिने याम एउटै हुन्छ। बैंक गयो, भीड हुन्छ। कोरोनाको यस्तो महामारीमा ठेलमठेल चल्छ। कसरी जोगिने, त्राहिमाम हुन्छ।

मकवानपुरको राक्सिराङ–७ काँकडाकी पातलीमाया चेपाङले गत कात्तिक पहिलो साता तीन दिन बैंकमा लाम लागेर भत्ता बुझिन्। उनी त्यसपछि भत्ता लिन गाउँपालिका केन्द्र चैनपुरस्थित बैंकमा गएकी छैनन्। काँकडास्थित गाईबाङबाट चितवनको भण्डारा हुँदै मकवानपुरकै मनहरी बजारबाट चैनपुर पुग्नुपर्छ।

तत्कालीन गाविस सचिवले घर–घरमा गएर भत्ता वितरण गर्दै आएका थिए। तर, नगद वितरण गर्दा सम्बन्धित व्यक्तिको हातमा नपरेको गुनासो बढेको भन्दै सरकारले बैंकमार्फत मात्र भत्ता दिने निर्णय गरेको हो। ‘पहिला नै सजिलो थियो। अहिले गाउँपालिका भएसी हामीले धेरै दुःख पायौं’, राक्सिराङ–१ भाबरकी ७७ वर्षीया ठूलीमाया मोक्तान भन्छिन्, ‘मर्ने बेला सरकारले दुःख दियो।’

गाउँपालिकाले बैंकलाई गाउँ–गाउँमा गएर भत्ता वितरण गर्न प्रस्ताव गरे पनि सम्भव नभएपछि यस्तो समस्या आएको अध्यक्ष राजकुमार मल्ल बताउँछन्। – अन्नपूर्ण पोस्टबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार
तीन सय ३६ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’
२०८२ असार २८, शनिबार