असार २९, २०८२ आइतबार July 13, 2025

नेपाल प्रहरीको तह र दर्जा थप्न प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल प्रहरीले आफ्नो संरचना पुनरावलोकन गर्दै तह र दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले तल्ला तहका प्रहरी कर्मचारीको मनोबल बढाउने गरी गरेको लामो समयको अध्ययनपछि चारवटा तह र तीनवटा दर्जाको संरचना थप्न गृह मन्त्रालयमा प्रस्ताव गरेको हो ।

यसरी कुल चार तह र तीन दर्जा गरी सातवटा संरचना थप गर्ने गरी प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई तीन साताअघि प्रस्ताव पठाएको प्रहरी उच्च स्रोतले जनाएको छ । यो प्रस्ताव निजामती कर्मचारीको जस्तै गरी तयार गरिएको हो । सशस्त्र प्रहरीमासमेत परिचरका लागि यस्तै संरचना छ । सशस्त्रमा परिचरहरू पाँच वर्ष पुगेपछि एक तह बढुवा हुन्छन् ।

जसमा प्रहरी कार्यालय सहयोगी (परिचर)का चार तह र सहायक हबल्दार, वरिष्ठ हबल्दार र वरिष्ठ सई गरेर तीन दर्जा थपको प्रस्ताव गरिएको छ । नेपाल प्रहरीमा हाल सबै कार्यालय सहयोगी एउटै दर्जामा कार्यरत छन् । यस्तो हुँदा बढुवामा अन्योल हुँदै आइरहेको छ ।

अवकास हुँदा एक तह बढुवा सिफारिस

यो प्रस्ताव पास भए प्रहरी कार्यालय सहयोगी पाँचौं तहसम्म बढुवा हुन्छन् । यस्तै, जवानबाट हबल्दार हुनु पहिले सहायक हबल्दार, हबल्दारपछि वरिष्ठ हबल्दार र सईपछि वरिष्ठ सईको दर्जा थप हुनेछ ।

‘चार तह र तीन दर्जा गरी सातवटा संरचना थप गर्नेगरी प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई तीन साताअघि प्रस्ताव पठाएको हो, कार्यालय सहयोगी स्तरका चार तह र सहायक हबल्दार, वरिष्ठ हबल्दार र वरिष्ठ सई गरेर तीन दर्जा थपको प्रस्ताव गरिएको छ,’ प्रहरी उच्च स्रोतले राजधानीसँग भन्यो ।

यो संरचनामा जाँदा तल्ला तहका प्रहरी कर्मचारीको मनोबल बढ्ने र वृत्ति विकासमा पनि जोड पुग्ने अपेक्षा प्रहरी संगठनको छ ।

यसैगरी, अवकाशपछि दिने सेवा सुविधामा पनि सशस्त्र प्रहरीमा जस्तै प्रस्ताव गरिएको छ । सशस्त्र प्रहरीमा ३० वर्ष सेवा गरेका एसपीभन्दा तल्लो दर्जालाई अवकाश हुने बेलामा एक तह बढुवा दिने गरिएको छ ।

तर, यसका लागि सो दर्जामा काम गरेको पाँच वर्ष पुगेको कुनै कारबाहीमा नपरेको र बढुवाका लागि योग्य भएको हुनुपर्ने प्रस्ताव छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार कारबाही भोगेकाहरूले भने यस प्रक्रियामा सहभागी हुन पाउने छैनन् । यस्तै, ३० वर्ष पहिले नै अवकाश रोजेका प्रहरी पनि यो सुविधाबाट वञ्चित हुनेछन् । नेपाल प्रहरीमा ३० वर्षे सेवा हद कायम छ ।

नेपाल प्रहरीले गरेको तह र दर्जा थपको सो प्रस्तावमा हाल गृह मन्त्रालयले अर्थ मन्त्रालयसँगसमेत छलफल गरिरहेको छ । यसअघिको सरकारबाटसमेत सो विषयमा प्रहरी प्रधान कार्यालयले शुभ संकेत पाइसकेको थियो । तर, सरकार परिवर्तन भएसँगै यो विषय फेरि छलफलको विषय बन्दै गरेको एक उच्च प्रहरी अधिकारी बताउँछन् ।

नेपाल प्रहरीले यो किसिमको संरचनाको तयारी भने विगतदेखि नै गर्दै आइरहेको थियो । यसअघि तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले यो विषयलाई उठाएका थिए । तर, त्यसबखत ३० वर्षे सेवाअवधिका विषयमा प्रहरी संगठन अल्झिँदा यो विषय ओझेलमा परेको थियो ।

यो प्रस्ताव मन्त्रिपरिषद्बाट पास भए प्रहरी संगठनमा तल्ला तहका प्रहरी कर्मचारीबीच लामो समयदेखि रहँदै आइरहेको एक प्रकारको असन्तुष्टिसमेत हट्नेछ ।- राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार