असार २९, २०८२ आइतबार July 13, 2025

मन्त्रालय भागवण्डामा सहमति जुट्यो, मन्त्री छान्न अझै सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकार गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र मन्त्रालय भागवण्डामा सहमति जुटेको हो ।

सरकारको नेतृत्व गरेको कांग्रेसले ८, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ७–७ वटा मन्त्रालय लिने सहमति गरेका छन् । मन्त्रालय भागवण्डा गरेसँगै तीन दलका शीर्ष नेताहरु मन्त्री छनोट गर्न जुटेका छन् । मन्त्री बन्ने आकांक्षी धेरै भएपछि गठबन्धनमा आबद्ध दललाई मन्त्री छनोट गर्न निकै सकस बन्दै गएको छ ।

बिहीबार बसेको गठबन्धनको बैठकमा नेपाल समूहलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस, माओवादी र जसपाबीच समझदारी भएको छ । कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा टुंगो लागेको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार मन्त्रीमण्डल विस्तार गर्ने क्रममा नै मन्त्रालयका बारेमा जानकारी दिने तीन दलबीच सहमति भएको छ ।

मन्त्री छनोट गर्न कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र छलफल थालेका छन् । प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलासँग मन्त्री छनोटको विषयमा छलफल गरिरहेका छन् । नेपाल समाचारपत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार