असार २९, २०८२ आइतबार July 13, 2025

निर्धारित समयमै द्रुतमार्ग बन्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ-तराई/मधेस  द्रुतमार्गको निर्माण निर्धारित समयमा नै सम्पन्न गर्ने घोषणा गरिएको  छ  ।  द्रुतमार्ग  निर्माण  व्यवस्थापनको  जिम्मा  पाएको  नेपाली  सेनाले  आर्थिक  वर्ष  २०८०/८१  भित्र  द्रुतमार्ग निर्माण सम्पन्न गर्ने घोषणा गरेको हो ।

द्रुतमार्ग र सेनाको कल्याणकारी योजना निर्देशनालयको वार्षिक प्रगति सार्वजनिक गर्न शुक्रबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलले निर्धारित समयमै द्रुतमार्गको निर्माण कार्य सम्पन्न हुने घोषणा गरे ।

सेनाले निर्धारित समयमै आयोजनाको निर्माण सम्पन्न गर्न आगामी दुई वर्षको अवधिमा ८४ प्रतिशत काम गर्नुपर्ने हुन्छ । द्रुतमार्गमा अहिलेसम्मको कुल भौतिक प्रगति १६ दशमलव २१  र आर्थिक प्रगति १४ दशमलव ५१ प्रतिशत रहेको छ ।

द्रुतमार्ग  निर्माण  आयोजनाको  मुख्य  चुनौतीको  रूपमा  ललितपुरस्थित  खोकनाको जग्गा अधिग्रहणलाई  लिएको  आयोजना प्रमुख पोखरेलले स्पष्ट पारे ।

खोकनाको जग्गा विवादका कारण  द्रुतमार्ग  आयोजना  पटक  पटक  अवरुद्ध  हुँदै आएको छ । उनले मुआब्जाबाहेक अन्य विषयमा खासै समस्या नरहेको स्पष्ट पारे । -गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार