असार २९, २०८२ आइतबार July 13, 2025

कोरोनाको तेस्रो लहरको जोखिममा बालबालिका, देखिन्छन् यस्ता लक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बालबालिकालाई कोरोना भाइरसले खासै असर गर्दैन, सङ्क्रमण भइहाले पनि चाँडै निको भइहाल्छ भन्ने सोचाइ र बुझाइ धेरैको छ । तर, यो सोचले गम्भीर स्थिति पु–याउन सक्ने विज्ञको चेतावनी छ ।

कोरोनाको तेस्रो लहरले बालबालिकालाई बढी समस्यामा पार्न सक्छ भन्ने आइरहँदा बालबालिकालाई महामारीबाट जोगाउन सबैले ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।

कोरोना भारसविरुद्ध कुनै पनि मुलुकमा बालबालिकालाई खोप लगाइएको छैन । बालबालिकामा कोरोना सङ्क्रमण हुन थाल्यो भने सङ्क्रमण दर कति चाँडो बढ्छ र त्यसले कति क्षति पु–याउन सक्छ भन्ने अनुमान गर्न कठिन भइरहेको छ ।

धुलिखेल अस्पतालका नर्स मनिता कर्माचार्यकी छ वर्षीया छोरीलाई कोरोना सङ्क्रमण भएपछि निकै गाह्रो भयो । उनले भने, ‘‘साना बालबालिकालाई कोरोनाले गाह्रो हुँदैन भन्ने मेरो पनि सोचाइ थियो । तर, मेरो सोचाइ गलत रहेछ । भोगेपछि थाहा भयो ।

छोरीलाई बचाउन धेरै कठिन भयो ।’’ सबै परिवारका सदस्य कोरोना सङ्क्रमित भएपछि छोरीलाई पनि सातौँ दिनमा परीक्षण गराएँ । उनका अनुसार छोरीलाई समेत पोजेटिभ आयो तर खासै लक्षण नदेखिएकाले चिन्ता लागेको थिएन । सङ्क्रमित भएको रिपोर्ट आएपछि छोरीलाई पेट दुख्ने, पातलो दिसा लाग्ने, खान रुचि नहुने, बान्ता हुनेजस्ता समस्याले हैरान बनायो । कर्माचार्यले भन्नुयभो, ‘‘कोरोनाले बालक, वृद्ध कसैलाई पनि छोड्दैन । त्यसैले वृद्धवृद्धा र बालबालिकालाई सुरक्षित राख्नु नै सबैभन्दा बुद्धिमत्तापूर्ण काम हो ।’’

कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी बिच्छाका अनुसार बालबालिकालाई कोरोनाबाट बचाउन अभिभावकले बढी सावधानी अपनाउनुपर्छ । उनका अनुसार कोरोना सङ्क्रमणले बालबालिकामा सुरुमै सामान्य रुघा तथा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने लक्षणसँगै श्वासप्रश्वासमा समस्या देखिनेछ । अहिले फ्लु र श्वासप्रश्वाससँगै पाचन प्रणालीमा पनि समस्या देखिएको जानकारी दिँदै उनले अरुचि, पेट दुख्ने, पखाला चल्ने, बान्ता आउने, जिउ दुख्ने, शरीरमा डाबर देखिने बताए । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार