श्रावण २, २०८२ शुक्रबार July 18, 2025

लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको शेयरमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: शेयर लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आर्कषित भएका छन् । साताको पहिलो दिन आइतबार अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।

जलविद्युत् उपसमूहको शेयर ७९.९१ बिन्दुले वृद्धि भएको छ । व्यापार ७०ं६५, लघुवित्त ६५.२१ र उत्पादन उपसमूहको शेयर ३४.७८ बिन्दुले उकालो लागेको छ । यस्तै, लगानी उपसमूह १.८३ बिन्दुले उकालो लाग्दा बैंकिङ ५.६३, होटल तथा पर्यटन ९१.४७, वित्त ३१.७२, निर्जीवन बीमा १७१.५७, अन्य ३१.५८, जीवन बीमा २०९.३ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरालो लागेको छ  ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सिनर्जी हाइड्रोपावर, कालिका पावर घलेम्दी हाइड्रोपावर, यूनिभसर्सल पावर,ग्रीनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै ङादी ग्रुप अफ पावर ९.८३, सिइडिबी हाइड्रोपावर ९.६३, रैराङ हाइड्रोपावर ९।४५ र माउण्टेन हाइड्रोका लगानीकर्ताले ८.८४ प्रतिशतले कमाए ।

यस्तै, लक्ष्मी इक्विटी फण्ड ६.९८, चन्द्रागिरी हिल्स ३.८६, कुमारी इक्विटी फण्ड ३.५५, नारायणी डेभलपमेण्ट बैंक ३.१५ र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३.१४ प्रतिशतले गुमाए ।

साताको पहिलो दिन नेप्सेमा भने झिनो सुधार मात्रै देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १।२५ बिन्दुले बढेर तीन हजार ८१.०५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२४ बिन्दुले बढेर ५७२.१५ मा पुगेको छ । कूल २२६ कम्पनीको तीन करोड तीन लाख ४२ हजार ३५२ कित्ता शेयर रु १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ मूल्यमाा खरिद बिक्री भए । आजको कारोबार पछि बजार पूँजीकरण रु ४२ खर्ब ८५ अर्ब ८४ करोड ४५ लाख ७३ हजार ८७२ बराबर पुगेको छ ।

कारोबारका आधारमा आज नेशनल हाइड्रो पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३६ करोड छ लाख ५३ हजार ७५१ बराबरको कारोबार भयो । यस्तै, युनाइटेड मोदी रु ३५ करोड ३९ हजार ८३४, सिनर्जी पावर रु ३२ करोड १२ लाख पाँच हजार ७७५, ङादी ग्रुप अफ पावर रु ३० करोड ४६ लाख ९९ हजार ८७३ र युनिभर्सल पावरको रु २९ करोड ३९ लाख ८९ हजार ४१८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार