काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड नेता नेपाल माधव नेपाल भेट्न प्रचण्ड कोटेश्वरमाभेट्न मंगलबार बिहान कोटेश्वर पुगेका थिए । उनीहरुबीच सरकार सञ्चालन र पछिल्ला घटनाक्रमबारे छलफल भएको बताइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आजै मंगलबार भेटवार्ता हुने चर्चा छ । यसलाई एमाले आन्तरिक संघर्षको उत्कर्ष र एकताको महत्वपूर्ण भेटघाटका रुपमा हेरिएको छ ।
त्यसअघि दाहाल र नेपालबीच सरकार सञ्चालन, सरकारमा जाने मन्त्री, माधव नेपाल पक्षको सलंग्नता लगायतका विषयमा छलफल भएको दाहाल निकट स्रोतको दाबी छ । सत्तारुढ गठबन्धनबाट माधव नेपाल बाहिरिएपनि दाहाल उनको निवासमै पुगेर सरकार सञ्चालनबारे पटक पटक छलफल गर्ने गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया