असार २९, २०८२ आइतबार July 13, 2025

कांग्रेस महाधिवेशन : संकट टार्न तीन विकल्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : संवैधानिक समयसीमाभित्र महाधिवेशन नहुने निश्चित भएपछि ‘पार्टीको वैधानिकता’ जोगाउने विकल्पमाथि कांग्रेस नेताहरू छलफलमा जुटेका छन्।

संविधानले तोकेको ५ वर्ष र ‘विशेष परिस्थितिको ६ महिना थप’ गर्दा पनि महाधिवेशन नहुने भएपछि कांग्रेसलाई संवैधानिक संकट आइलाग्दैछ। नेताहरूले क्रियाशील सदस्यताको किचलो टुंग्याउन नसक्दा भदौ १६ देखि १९ गतेसम्म निर्धारित पार्टीको १४औं महाधिवेशन तोकिएको मितिमा नहुने निश्चित छ। केन्द्रीय महाधिवेशनका लागि निर्धारित वडा, गाउँ र नगर अधिवेशन पछि धकेलेका छन्।

महाधिवेशन नहुने भएपछि कांग्रेस नेताहरू औपचारिक र अनौपचारिक रूपमा पार्टीको वैधानिकता जोगाउने विकल्पमाथि छलफलमा जुटेका छन्। कांग्रेस नेता गोपालमान श्रेष्ठले क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन रोकिन नहुने भन्दै अरू विकल्पमा जान सकिने बताए। ‘विकल्पमै टेकेर पनि केही समय महाधिवेशन सार्न सकिन्छ,’ श्रेष्ठले भने।

पूर्व निर्धारित मितिमा महाधिवेशन सम्पन्न नहुने भएपछि कांग्रेसभित्र ३ वटा विकल्पमा छलफल भइरहेको नेताहरू बताउँछन्।

पहिलो विकल्प : सर्वोच्च अदालतले गरेको शून्य समयको ब्याख्यामा टेकेर ४ महिना पर महाधिवेशन सार्ने। अघिल्लो वर्ष सर्वोच्च अदालतले कर तिर्नका लागि लकडाउनको ४ महिनाको अवधिलाई शून्य समय भनी ब्याख्या गरेको थियो। त्यसमै टेकेर ४ महिनालाई शून्य समय मानेर अघि बढ्न सकिनेमा नेताहरूबीच छलफल भइरहेको छ।

दोस्रो विकल्प : प्रत्येक पार्टीका प्रादेशिक र केन्द्रीय नेतृत्व ५ वर्षमा निर्वाचित हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था छ। त्यो समयमा भएन भने विशेष परिस्थिति भन्दै थप ६ महिना महाधिवेशन पर सार्न पाइन्छ। ५ वर्ष ६ महिना कट्यो भने निर्वाचन आयोगले ५० हजार जरिवाना तिराएर थप ६ महिनाको समय दिन सक्ने भन्ने आधार रहेको कांग्रेसी नेताहरू बताउँछन्। महाधिवेशन गर्न नसकेको भन्दै ५० हजार जरिवाना तिरेर ६ महिना समय माग्ने कि भन्नेमा पनि नेताहरू लागेको एक केन्द्रीय नेताले बताए।

तेस्रो विकल्प : भदौ २३ अगाडि वडा अधिवेशन सुरु गरेर महाधिवेशनको प्रक्रिया प्रारम्भ गर्ने। महाधिवेशनको प्रक्रिया सुरु गरिसकेको अवस्थामा बाढी–पहिरो र कोरोनालगायतका कारण देखाउँदै महाधिवेशन सम्पन्न गर्न सकेनौं भनेर पत्र पठाउने र निर्वाचन आयोगसँग समय माग्नेबारे पनि कांग्रेसबीच बहस सुरु भएको छ। यस विषयमा आयोगका पदाधिकारीसँग कांग्रेसका नेताले छलफल गरिसकेको कांग्रेसका एक शीर्ष नेताले बताए। यो समाचार अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार