असार २९, २०८२ आइतबार July 13, 2025

यादवको भण्डाफोर गर्न ठाकुर–महतो मधेस दौडमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला–जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको ‘भण्डाफोर गर्ने कार्यक्रम’ ठाकुर–महतो पक्षको छ ।

सो पक्षले शुक्रबार एकै दिन मधेसका चार जिल्लामा विस्तारित बैठकसमेत ग¥यो । जहाँ ठाकुर–महतो पक्षका शीर्षनेताले सम्बोधन गरेका छन् । निर्वाचन आयोगबाट अध्यक्ष यादव पक्षले आधिकारिकता पाएपछि ठाकुर–महतो पक्ष संगठन निर्माणका साथै ‘यादवको अवसरवादी चरित्र भण्डाफोर गर्न’ भन्दै जिल्ला दौडाहामा लागेका हुन् ।

जसपा कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार बारा, सप्तरी, सिराहा र महोत्तरीमा एकै दिन विस्तारित बैठक सम्पन्न भएको छ । बारामा जसपा नेता लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले सम्बोधन गरेका छन् ।

सप्तरीमा वरिष्ठ नेता महतो, केशव झा, बृषेशचन्द्र लाल र राजिव झा, सिराहामा अनिल झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया र जयनुल राईन तथा महोत्तरीमा अध्यक्ष ठाकुर, शरतसिंह भण्डारी र निर्जला राउतले बिशेष सम्बोधन गरेका छन् ।

बारा, सप्तरी, सिराहा र महोत्तरीको कार्यक्रम सम्पन्न भएसँगै शीर्षनेता मधेसका अन्य जिल्लामा विस्तारित बैठक, विशेष सम्बोधनसहित संगठन निर्माण गर्दै अघि बढ्ने कार्यक्रम रहेको झाले जानकारी दिए । जिल्ला कार्यक्रममा सम्बोधन गर्ने नेताले अध्यक्ष यादवविरुद्ध आक्रमक अभिव्यक्ति दिएका छन् । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार