असार २९, २०८२ आइतबार July 13, 2025

कोसी टप्पुमा मायापिरती गाँस्दै हात्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल घुम्न आएका भाले हात्ती (मत्ता हात्ती) कोसी टप्पुमा रहेका पोथी हात्ती (ढोई)सँग मायापिरती गाँस्दै रमाउन थालेका छन् ।आफ्नो माउ समूह छाडेर भारतबाट नेपाल घुम्न आएका सबै भाले हात्ती कोसी टप्पुमा विगत दुई वर्षदेखि रमाइरहेका छन् ।

कोसी टप्पु वन्यजन्तु आरक्षका अनुसार आरक्षभित्र हाल १४ वटा भाले हात्ती घुमफिर गर्दै रमाइरहेका छन् । ती सबै भारतबाट नेपाल घुम्दैफिर्दै आएका हुन् ।

वन्यजन्तु, चराचुरुङ्गीको भौगोलिक सीमा हुँदैन । वन्यजन्तुलाई विचरण गर्न, आफ्ना पुर्खाले हिँड्ने गरेको क्षेत्र घुमफिर गर्न न पासपोर्ट चाहिन्छ, न भिसा नै लिनुपर्छ । पूर्वी नेपालको झापा हुँदै कोसी टप्पु पुग्ने हात्तीको समूह भारतको पश्चिम बङ्गालबाट आसाम हुँदै नेपाल छिर्ने गर्छन् भने पश्चिम नेपालको शुक्लाफाँटा तथा बर्दिया राष्ट्रिय निकुञ्ज भित्रिने हात्ती भारतको राजाजी नेसनल पार्क र कोरबोट नेसनल पार्क उत्तराखण्डबाट घुम्दैफिर्दै नेपाल भित्रिने गर्छन् ।

कोसी टप्पु वन्यजन्तु आरक्षको हात्तीसारमा पालिएका सबै हात्ती पोथी हुन् । पोथी हात्तीसँगको मायापिरती लगाउन भाले हात्तीको घम्साघम्सी पर्ने गर्छ । मायापिरती लगाउने थलो भने आरक्षको हात्तीसार हुने गरेको छ । जसले गर्दा बेलाबेला आरक्षका कर्मचारी र स्थानीय बासिन्दासँग जङ्गली हात्तीको जम्काभेट हुने गर्छ । मायापिरती लगाउने काममा बाधा पु¥याएको झोँकमा हात्तीको जम्काभेटमा गर्दा धेरै घटना भइसकेका छन् ।

वयस्क भएका पोथीले भालेलाई बेलाबेला बोलाउने गर्छन् । त्यतिबेला पोथी हात्तीको कराउने आवाज सधैँको भन्दा फरक हुने गर्छ । हात्तीसम्बन्धी विद्यावारिधिको शोध गर्नुभएका आरक्षका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले भन्नुभयो, ‘‘जङ्गलमा सबै आगन्तुक भाले हात्ती रहेका छन् । पोथीजति हात्तीसारमा हामीले पालेर राखेका छौँ । पोथी हात्ती गर्भिणी हुने बेला आएपछि वयस्क पोथीले भुइँमा सुुँड बजार्दै बेग्लै स्वरमा कराउने गर्छन् । अनि जङ्गलछेउछाउ रहेका भाले हात्ती आउने गरेका छन् ।

भाले हात्तीमध्ये सबैभन्दा बढी बदमास, रिसाहा र पोथी हात्तीप्रति लालायित हुने हात्ती ‘मकुना हात्ती’ हो । मकुनाले हात्तीसारमात्र होइन, गाउँगाउँमा पनि घुम्नेफिर्ने गरेको छ । घुम्नेफिर्नेक्रममा मकुनाले नेपालमा छ जना व्यक्तिको ज्यान लिइसकेको छ भने दर्जनौँ घर भत्काएको छ । यसले भारतसम्म गएर आठ जना व्यक्तिको ज्यान लिइसकेको छ । – गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार