असार २९, २०८२ आइतबार July 13, 2025

स्वास्थ्य मापदण्ड पालना बिनै ३ सिफ्टमा परीक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अटेर गर्दै जबरजस्ती परीक्षा सञ्चालन गरेको त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा बेवास्ता गरेको छ ।

त्रिविले परीक्षा केन्द्र कायम गरेको अधिकांश क्याम्पसमा सामाजिक दूरी कायम गरिएको छैन भने परीक्षा केन्द्रमा प्रवेश गर्ने विद्यार्थीको स्वास्थ्य परीक्षण पनि गरिएको छैन । परीक्षार्थीले मास्क लगाएको छ कि छैन भन्नेमा सामान्य हेक्कासमेत राखिएको छैन ।

त्रिविको परीक्षा लिएरै छाड्ने ढिपीलाई विद्यार्थी नेताहरूले विरोध जनाएका छन् । पाटन संयुक्त क्याम्पस, नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तारा शर्माले यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्नु त्रिविको गलत नियत भएको आरोप लगाए । उनले भने–‘कि त स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी परीक्षा सञ्चालन गर्नुपर्‍यो, कि अनलाइन वा अन्य वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्नुपर्‍यो ।’

राजधानीकै सबैभन्दा धेरै परीक्षार्थी भएको पाटन क्याम्पसमा आइतबार ठूलै भीड थियो । काभ्रेको बनेपादेखि राजधानीका अधिकांश क्याम्पसका विद्यार्थीले भरिभराउ सो क्याम्पसमा हिजो आइतबार तीन सिफ्टमा परीक्षा सञ्चालन भएको थियो ।

क्याम्पस प्रमुख डा लक्ष्मण सिंह कुँवरले बिहान ७ देखि ११, ११ देखि दिउँसो १ र दिउँसो १ देखि ४ बजेसम्म गरी ७ सय ५० जना विद्यार्थीले परीक्षा दिएको जानकारी र्दिए। उनले बजेट अभावको कारण हेल्थडेक्स राख्न नसकिएको स्वीकार्दै विद्यार्थीको संख्या अत्यधिक भए पनि सफलताका साथ व्यवस्थापन गरिएको दाबी पनि गरेको । नेपाल समाचारपत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार