असार २९, २०८२ आइतबार July 13, 2025

संक्रमितले अस्पताल भरिभराउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दुई सातायता कोरोना संक्रमण बढेपछि उपत्यकाका कोभिड अस्पतालमा गम्भीर बिरामीको चाप पनि वृद्धि भएको छ। त्रिवि शिक्षण अस्पतालका श्वासप्रश्वास तथा छातीरोग विशेषज्ञ डा. निरज बमका अनुसार चारपाँच दिनयता गम्भीर लक्षण भएका कोरोना संक्रमितले आइसियु र एचडियु भरिइसकेको छ। यो अस्पतालमा ४० बेडको आइसियु, ३० वटा भेन्टिलेटर र १० वटा एचडियु कुनै पनि खाली छैनन्। जनरल बेडमा पनि ९० जना भर्ना भइसकेका छन्। ‘एक सातायता बिरामीको संख्या ह्वात्तै बढेको हो’, उनले भने।

केही दिन यता छिमेकी र तराईका जिल्लाबाट रेफर भएर आउने बिरामी र सुरक्षाको खोजीमा आफैं भर्ना हुन आउने बिरामीका कारण अस्पताल भरिभराउ हुँदै गएको डा. बमले बताए । उनका अनुसार काठमाडौंनजिकका जिल्ला धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखाका साथै सोलुखुम्बु, मकवानपुर, रौतहट, बारा, धनुषा, पर्सा र गोरखाबाट बिरामी आइरहेका छन्।  यी बिरामी सबैजसो अक्सिजन दिनुपर्ने अवस्थाका छन् । बिरामी भरिँदै गएपछि अन्य वार्डलाई कोभिड वार्डमा रूपान्तरण गर्ने कार्य भइरहेको डा. बमले जानकारी दिए।

वीर अस्पतालमा पनि चारपाँच दिनदेखि भर्ना हुने कोरोना संक्रमित र ओपिडीमा उपचार गर्नेहरूको संख्या पनि बढेको अस्पतालका फिजिसियन डा. धु्रव गैरेले बताए। उनका अनुसार उपचारमा आउनेहरू धेरैजसो काठमाडौं उपत्यकाका छन् । दैनिक १० देखि १५ जना बिरामी भर्ना भइरहेको उनले बताए। केही दिनयता अस्पतालमा देखिएको बिरामीको चापले तेस्रो लहर सुरु भएको संकेत गरेको डा. गैरेले बताए। वीर अस्पतालको आइसियु कक्ष कहिल्यै खाली हुन नपाएको प्रशासकीय प्रमुख डा. भुपेन्द्र बस्नेतले बताए ।

अस्पतालमा हाल १ सय जनरल बेड, ४० वटा आइसियु, ४४ वटा एचडियु बेड छन्। एक साताभित्र सय बेड थप हुने र अर्को दुई साताभित्रै पाँच सय बेड सञ्चालनमा ल्याउने तयारी भइरहेको डा. बस्नेतले जानकारी दिए। ‘अब वीरमा आइपुगेका बिरामी बेड नपाएर फर्किनुपर्ने छैन’, उनले भने।

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्दा अस्पताल आउने बिरामीको संख्या पनि बढेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। दैनिक २५ देखि ३० जना बिरामी भर्ना हुन आउने गरेको प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यले बताए। पाटनमा मंगलबारसम्ममा २ सय ५० जना कोरोना संक्रमित जनरल वार्डमा भर्ना भएका छन्। यस अस्पतालमा जनरल बेड २ सय ७३ वटा छन्। एचडियुका सय, आइसियुका २७ मध्ये बालबालिकाका ६ वटाबाहेक सबै बेड भरिइसकेको शाक्यले बताए। बहिरंग विभागमा जाँच गर्न र पिसिआर गर्न हरेक दिन २ सय ५० देखि ३ सय जना आउने गरेको उनले जानकारी दिए। परिवारै संक्रमित भएर आउनेको संख्या पनि धेरै रहेको डा. शाक्यले बताए। धेरैजसो संक्रमितमा मध्यम समस्या पाइएको छ। संक्रमित हुनेहरूमा प्रायः ३० वर्षमाथिका छन्। अहिले बहिरंग विभागमा बिरामीको चाप हेर्दा उपत्यकामा संक्रमण थप बढ्ने संकेत रहेको डा. शाक्यले बताए।

एकै दिन ४९०४ जना संक्रमित  

गत २४ घण्टामा ४ हजार ९ सय ४ जनामा कोरोना पुष्टि भएको छ। यस अवधिमा देशभरिमा १९ हजार १ सय २३ वटा नमुना परीक्षण भएका थिए। गत २४ घण्टाको संक्रमणदर २५.६ प्रतिशत छ। केही दिन यता तीन हजारको हाराहारीमा संक्रमित भेटिने गरेकोमा मंगलबार संख्या बढेर झन्डै पाँच हजार पुगेको हो। थप संक्रमितसहित नेपालमा संक्रमितको संख्या ७ लाख ९१ हजार ९ सय १० पुगेको छ। गत २४ घण्टामा थप ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यीसहित नेपालमा मृत्यु हुने संक्रमितको संख्या १० हजार १ सय ५० पुगेको छ। हाल नेपालभरिमा ३७ हजार ३ सय ३२ जना सक्रिय संक्रमित छन्। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार