असार २९, २०८२ आइतबार July 13, 2025

कोरोना संक्रमणपछि नसा र स्नायुमा समस्या, पक्षघातको सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना सङ्क्रमित भएको दुई महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो ४५ वर्षीय रजिस कार्कीलाई । “किन हात दुखेको थाहै नपाएपछि आफैँले नदुख्ने औषधि सेवन गर्न थालेँ”, उनले भने, “दुखाइ झन् झन् बढ्न थाल्यो कम हुने नाम नै लिँदैन र डाक्टरकोमा जचाउन गएँ ।” कार्कीले थपे, “तर उपचार गराउन धेरै ढिला भएको भए पक्षघातसम्म हुने सम्भावना रहेको चिकित्सकले जानकारी दिनुभएको थियो ।” उनका अनुसार उनलाई कोरोना सङ्क्रमण भएपछि निको भएको थियो । पछि त्यसैको कारण नसामा समस्या भएको चिकित्सक जानकारी दिए ।

कार्की मात्र नभएर पोस्ट कोभिडका कारण धेरैलाई नसा तथा स्नायुमा समस्या देखिएको वरिष्ठ न्युरो सर्जन प्रवीन श्रेष्ठले जानकारी दिए ।

कोभिडका कारणले फोक्सोमा असर पर्ने नै भयो तर यसको सङ्क्रमणले शरीरको विभिन्न अङ्गलाई पनि असर पार्न सक्ने विभिन्न अध्ययनले देखाएको छ ।

डा. श्रेष्ठका अनुसार कम्मर, ढाड, मस्तिष्क घात, पक्षघात साथै मुटु, फोक्सो, मिर्गौला, छाला, आँखा, समस्या हुने प्रस्ट पारे । -गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार