असार २९, २०८२ आइतबार July 13, 2025

विदेशी लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा विदेशी लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न बाटो खुलेको छ । सोमवार इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने शर्तसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै लामो समयदेखि यस्ता कम्पनी स्थापना गर्न नसकी लगानी ल्याउन नपाएका दाङ सिमेन्ट जस्ता उद्योग तथा परियोजनाहरूले अब कम्पनी स्थापना गरी लगानी ल्याउन पाउने भएका छन् ।

औद्योगिक व्यवसाय ऐन–२०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनअनुसार नेपालमा इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न पाउने व्यवस्था भए पनि अहिले मात्रै कम्पनी स्थापनाका लागि नीतिगत व्यवस्था गरिएको हो । योसँगै दाङ सिमेन्टले रू. १३ अर्बको एसएच इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न पाउने भएको छ । यसरी स्थापना हुने कम्पनीमा विदेशी लगानीकर्ताको ८५ प्रतिशत र बाँकी १५ प्रतिशत लगानी भने नेपाली लगानीकर्ताको हुनेछ ।

दाङ सिमेन्टले यसभन्दा अघि नेपालमै सिमेन्टमा लगानी गरिसकेको चिनियाँ होङ्सी ग्रूपकै हङकङ रेडलाइनबाट उक्त लगानी ल्याउन एसएच इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्नेछ । त्यसका लागि उद्योगले १ वर्षअघि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिसकेको छ । लगानी ल्याउन उद्योगकै रूपमा उद्योग विभागमा पनि दर्ता गर्नुपर्ने तर त्यसका लागि यो नीतिको आवश्यकता थियो ।

यो नीति नहुँदा उद्योगले लगानी ल्याउन नसकेको तर राजपत्रमा नै सूचना आएपछि साझेदारको लगानी ल्याउन कम्पनी स्थापना गर्न विभागमा दर्ता गरिने उक्त उद्योगका लगानीकर्ताले जानकारी दिए । दाङ सिमेन्ट कुल रू. ३२ अर्ब ५० करोडको परियोजना रहेको भन्दै उनले उक्त कम्पनीको उक्त रकमबाहेक अन्य लगानी ऋण हुने जानकारी दिए ।

लगानीको सैद्धान्तिक सहमति पाएको १ वर्षपछि मात्रै इन्भेस्टमेन्ट कम्पनी दर्ताको बाटो खुलेको हो । दाङ सिमेन्ट १६ वर्षअघि नै दर्ता भएको थियो । यो उद्योगमा अहिले कुनै काम पनि भएको छैन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यस्ता कम्पनी स्थापना गर्न राजपत्रको सूचनामा विभिन्न १६ ओटा शर्तहरू राखिएका छन् । उद्योगका रूपमा इन्भेस्टमेन्ट कम्पनी दर्ता गर्दा लगानी गरिने उद्योगको क्षेत्र तोकेर मात्र उद्योग दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । लगानी गरिने क्षेत्र नेपालभित्र मात्रै हुनुपर्ने, विदेशी लगानी खुला गरिएका क्षेत्रका उद्योगमा मात्रै लगानी गर्नुपर्ने नितिगत व्यवस्था गरिएको छ ।

यस्ता कम्पनीले नेपालमा शेयर पूँजीको रूपमा मात्र लगानी गर्न पाउनेछन् । ऋण, ऋण सुविधा, बोन्ड, डिबेञ्चरमार्फत भने लगानी गर्न पाउने छैनन् । यसैगरी यस्ता कम्पनिले बैंक तथा वित्तीय संस्थासम्बन्धी कुनै कार्य गर्न नपाउने, न्यूनतम रू. १ अर्ब लगानी हुनुपर्ने, उद्योग दर्ता गर्ने निकायबाट लगानी स्वीकृत गराउनुपर्ने, धितोपत्र दलाल, बजार निर्माता, रियल इस्टेट कारोबार गर्न नपाउनेजस्ता शर्तहरू सरकारले राखेको छ । अभियान दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार