असार २९, २०८२ आइतबार July 13, 2025

ठाकुर र महतो केन्द्रीय सदस्यबाट पनि हटाइए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतोसहित १६ जना नेतालाई केन्द्रीय समितिबाट हटाएका छन्। आगामी भदौ १ र २ मा बस्ने भनिएको जसपाको केन्द्रीय समितिको बैठकमा ठाकुर तथा महतोसहित ठाकुरनिकट १६ जना नेतालाई अध्यक्ष यादवले नबोलाउने भएका छन्।

जसपाले आइतबार ठाकुर–महतोलगायतका नेताविनै निर्वाचन आयोगमा केन्द्रीय सदस्यको सूची पठाउने भएको छ। कार्यकारिणी समिति सदस्य इस्तियाक राईले भने, ‘अब उहाँहरू (ठाकुर,महतो) पार्टीको सदस्य मात्र हुनुहुन्छ। त्यसैले केन्द्रीय समितिको बैठकमा उहाँहरूलाई बोलाएका छैनाैं।’

केही दिनअघि जसपाले निर्वाचन आयोगमा अद्यावधिक गर्न पठाएको सूचीमा महन्थ ठाकुरलाई अध्यक्ष पदबाट हटाइएको छ। जसपाले अद्यावधिक गरेको सूचीमा कार्यकारिणी समितिमा ३५ जना नेतालाई मात्र राखिएको छ। आयोगले सूची अद्यावधिक गरेपछि ठाकुरले अध्यक्ष पद लेख्न छाडेका छन्। यसअघि उनले जसपा अध्यक्षको नामबाट तराई मधेसमा कार्यक्रम गरेका थिए।

जसपाको आधिकारिकताको विवादमा निर्वाचन आयोगले ‘व्यक्ति गणना’ गर्दा ठाकुरलाई साथ दिएका सबै नेतालाई पार्टी अध्यक्ष यादवले कार्यकारिणी सदस्य र केन्द्रीय सदस्यबाट हटाएका हुन्। जसपा गठन भएपछि भदौ १ र २ गते बस्न लागेको केन्द्रीय समितिको बैठक पहिलो हो। केन्द्रीय समितिको पहिलो बैठक नबस्दै पार्टी विभाजित भएको छ। यद्यपि कानुनी रूपमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ पार्टीको नाम घोषणा गरेका छैनन्।

तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादीबीच एकीकरण हुँदा सो पार्टीमा आठ सय केन्द्रीय सदस्य राख्ने सहमति गरिएको थियो। तीमध्ये पूर्वराजपाबाट चार सय र पूर्वसमाजवादीबाट चार सय जनालाई केन्द्रीय समितिमा राख्ने सहमति गरिएको थियो। सहमतिअनुसार पूर्वसमाजवादीले चार सय जनाको नाम सिफारिश गर्‍यो तर पूर्व राजपाबाट तीन सय ७९ जनाको मात्र नाम सिफारिश गर्‍यो। पूर्वराजपाले २१ जनाको नाम सिफारिश नगर्दै जसपा विभाजित अवस्थामा पुग्यो।

यता ठाकुर पक्षले तत्काल नयाँ पार्टी घोषण नगर्ने भएको छ। नयाँ पार्टी घोषणा गरेमा सांसद पद जाने भएकाले नयाँ पार्टी तत्काल घाषणा नगर्ने रणनीति ठाकुर पक्षले बनाएको छ। जसपामै रहेर नयाँ पार्टीको अभ्यास गर्ने ठाकुर पक्षको योजना छ। ठाकुर पक्षले केही दिनदेखि लगातार आफूनिकट अगुवा कार्यकर्ता भेला गर्दै आएको छ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार