काठमाण्डौः नेपाली बजारमा सोमवार सुनको मूल्यमा प्रतितोला रू. २०० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ९०० मा कारोबार भएको थियो । सोमवार छापावाला सुन प्रतितोला रू. ९१ हजार १०० मा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला रू. ९० हजार ६०० मा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला रू. १० ले बढेको हो । आइतवार प्रतितोला रू. १ हजार १८० मा कारोबार भएको चाँदी सोमवार रू. १ हजार १९० मा कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया