श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एमालेको सिफारिश कार्यान्वयन नहुने, १४ सांसदको पद जोगियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्ष दल  नेकपा (एमाले)ले माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष गरेको सिफारिश कार्यान्वयन नहुने भएको छ ।

निर्वाचन आयोगले यही भदौ ११ गते नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता भएको सूचना संसद् सचिवालयलाई पठाएकाले कारबाहीका लागि सिफारिश गरिएकाहरूविरुद्ध कुनै कदम चाल्नुनपर्ने निर्णय सभामुखले गुर्नभएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताउनुभयो । “राजनीतिक दलसम्बन्धि ऐन तथा नयाँ दल दर्ता भइसकेको अवस्थामा कारबाही गर्नुनपर्ने निर्णय सभामुखबाट भएको हो”, उहाँले भन्नुभयो ।

यही भदौ १ गते नेकपा (एमाले)ले आफ्ना १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा दर्ता गराएको थियो । विसं २०७८ वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसद् बैठक बहिष्कार गरेर पार्टीको ह्वीप उल्लङ्घन गरेकाले उहाँहरूलाई पार्टी र संसद् सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

सभामुखको आजको निर्णयसँगै नेता नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, नीरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीको सांसद पद जोगिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार