काठमाडौंः बरिष्ट पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल नामक नयाँ राजनीतिक दल गठन भएकाे छ ।
सोमबार काठमाण्डौंमा आयोजित कार्यक्रममा एकीकृत शक्ति नेपाल नामक नयाँ पार्टीको घोषणा गरिएको हो । सो पार्टीमा १५ पदाधिकारी र २४ सदस्य रहेको जानकारी दिइएको छ ।
नयाँ पार्टीको घोषणापछि उपाध्यक्ष रामप्रसाद उप्रेतीसहित कार्यसमितिका पदाधिकारीहरूले भद्रकाली मन्दिर पुगेर मुलुक र जनताप्रति सधैं वफादार रहने भन्दै सपथ लिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया