श्रावण २, २०८२ शुक्रबार July 18, 2025

साताको सेयर कारोबारः ४७ अर्ब ६७ करोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो। यस साता विशेषगरी नेप्सेको ओरालो यात्रा कायम रहन पुग्यो। झण्डै तीन हजार ३ सय विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९ सय विन्दुमा ओर्लिएको छ।

साताभर कुल २३० कम्पनीको कुल आठ करोड ३२ लाख ९० हजार ८६४ कित्ता सेयर ४७ अर्ब ६७ करोड ८७ लाख ११ हजार ८९ मूल्यमा खरिदबिक्री भए। नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा लगाएपछि बजारमा त्यसले प्रभाव पारेको अनुमान गरिएको छ।

यस साता कुल चार दिन सेयर कारोबार भयो। सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। साताको पहिलो दिन निर्जीवन बिमा, जीवन बिमा, लघुवित्त र जलविद्युत् उपसमूहको सेयर मूल्य उच्च अंकले ओरालो लागेपछि धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्यो।

साताको पहिलो कारोबार दिनमा बजार उकालो लाग्ने अनुमानबीच नेप्से ओरालो यात्रा तय गरेको थियो। त्यसदिन नेप्से ४९.१८ विन्दुले ओरालो लागेर तीन हजार ४४.८६ विन्दुमा सीमित भयो। ठूला कम्पनीको सेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ८.५७ विन्दुले घटेर ५६२.८८ मा ओर्लियो। कुल २२७ कम्पनीको दुई करोड ४८ लाख ८८ हजार ३१३ कित्ता सेयर १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ मूल्यमा खरिदबिक्री भए।

कारोबार भएका कुल १३ उपसमूहमध्ये वित्त उपसमूहको मात्रै सेयर मूल्यमा वृद्धि भयो। आइतबारको कारोबारपछि बजार पुँजीकरण रु ४२ खर्ब ५४ अर्ब ३२ करोड १९ लाख दुई हजार ८४६ बराबर कायम भयो।

कारोबारका आधारमा त्यसदिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही एक अर्ब ३१ करोड ८३ लाख ४४ हजार ७७८ बराबरको कारोबार भयो। त्यसदिन नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो।

साताको तेस्रो दिन मंगलबार सेयर बजारमा उच्च अंकको पहिरो लाग्यो र नेप्से र कारोबार रकम दुवै घटे। जीवन बिमा तथा निर्जीवन बिमा समूहको सेयरमा उच्च अंकले गिरावट आएपछि धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ।

लगातार करेक्सन देखिन थालेको सेयर बजारमा देखिएको गिरावट पछिल्ला दिनमध्ये सबैभन्दा ठूलो हो। झन्डै तीन हजार ३ सय विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९ सययको विन्दुमा ओर्लियो। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ६९.०५ विन्दुले घटेर दुई हजार ९७५.८४ मा ओर्लियो।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.३४ विन्दुले घटेर ५५०.५२ मा ओर्लियो। कुल २२७ कम्पनीको दुई करोड ३१ लाख नौ हजार ७१३ कित्ता सेयर १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ मूल्यमा खरिदबिक्री भए।

कारोबार भएका १३ वटै उपसमूहको सेयर ओरालो लागेको छ। मंगलबारको कारोबारपछि बजार पुँजीकरणसमेत ४१ खर्ब ५७ अर्ब ८४ करोड ४१ लाख ८० हजारको हाराहारीमा ओर्लियो।

कारोबार भएकामध्ये अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही एक अर्ब एक करोड पाँच लाख ७३ हजार ३८३ बराबरको देखियो।
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले सुधार भयो।

त्यसदिन नेप्से १.१८ बिन्दुले सुधार भई दुई हजार ९७७.०२ मा पुग्यो। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१७ विन्दुले बढेर ५५०.६९ मा पुग्यो। कुल २२६ कम्पनीको एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर रु नौ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ मूल्यमा कारोबार भयो। नेप्सेमा सोमबार र मंगलबार मात्रै झन्डै १२० अंकको गिरावट भएको थियो।

कारोबार भएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको सेयर उकालो लागेको छ भने नौ उपसमूहको सेयर ओरालो लाग्यो। बैंकिङ ७.८९, होटेल तथा पर्यटन १३०.४३, जीवन बिमा ७४.५९ र लगानी ०.०१ विन्दुले उकालो लाग्यो।

कारोबारका आधारमा त्यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही ५९ करोड ९९ लाख ३६ हजार बराबरको कारोबार भयो। बुधबारको कारोबारपछि बजार पुँजीकरण ४१ खर्ब ५९ अर्ब ४९ करोड १४ लाख पाँच हजार ४६४ बराबर पुग्यो।

बिहीबार नेप्सेमा पुनः उच्च अंकको गिरावट देखियो। त्यसदिन नेप्से ५०.१३ विन्दुले घटेर दुई हजार ९२६.८९ मा ओर्लियो। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९० विन्दुले ओरालो लागेर ५४१.७७ विन्दुमा ओर्लेको छ।

नेप्से ओरोलो लागेसँगै कारोबार रकमसमेत ओरालो लाग्यो। कुल २३० कम्पनीको एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता सेयर नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ मूल्यमा खरिद बिक्री भए।

कारोबार भएका कुल १३ उपसमूहकै सेयर ओरालो लाग्यो। त्यस दिन कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको रु ५७ करोड ४० लाख १२ हजार २९१ बराबरको कारोबार भयो।

सेयर कारोबार हुने साताको अन्तिम दिनको अवस्थामा बजार पुँजीकरण ४० खर्ब ८९ अर्ब ५८ करोड ९४ लाख ६५ हजार ३९ बराबर पुग्यो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार