काठमाण्डौंः साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारस्थिर रहेको सुनको मूल्य बुधबार सात सय रुपैयाँले घटेको हो। महासंघले बुधबार छापावाल सुन प्रतितोला ९० हजार सात सय रुपैयाँ कायम गरेको छ। मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको थियो।
त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७७ हजार सात सय ६० रुपैयाँ कायम भएको छ। महासंघकाअनुसार तेजावी सुन प्रतितोला ९० हजार दुई सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार तीन सय ३० रुपैयाँ कायम भएको छ।
बुधबार चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ। महासंघले चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम गरेको छ। १० ग्राम चाँदीको मूल्य एक हजार ४६ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ थियो। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया