श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । लगातार ओरालो लागेको नेप्सेको यात्रा आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६०.०२ अङ्कले ओरालो लागेर दुई हजार ८७६.५९ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९१ बिन्दुले ओरालो लागेर ५३६.५१ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि बुधबार घटेको छ । कूल २२५ कम्पनीको एक करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयर रु छ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहको शेयर नै आज ओरालो लागेको छ । बैंकिङ ३१.९६, व्यापार ८२.०४, होटल तथा पर्यटन ६४.३५, विकास बैंक १५७.९७, जलविद्युत् ५३.३५, वित्त ९७.०५, निर्जीवन बीमा ३२८.८२, उत्पादन १८८.४३, अन्य ६३.३४, लघुवित्त ६७.६३, जीवन बीमा ४२१.३६, सामूहिक लगानी कोष ०.०९ र लगानी २.५३ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४० करोड ५७ लाख ७५ हजार ४६१ बराबरको कारोबार भयो । यस्तै अरुण भ्याली हाइड्रोपावर रु २४ करोड ५१ लाख २३ हजार ६३८, स्वरोजगार लघुवित्त रु २४ करोड २१ लाख ६२ हजार ५६७, रिडी हाइड्रोपावर रु २३ करोड ६३ लाख ५८ हजार ५८९ र रैराङ हाइड्रोपावर रु २३ करोड ४६ लाख ४९ हजार ३२८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । एक्सेल डेभलपमेन्ट बैंक ८.६०, रैराङ हाइड्रोपावर ८.३३, युनिभर्सल पावर ७.६४ र स्वरोजगार लघुवित्तका लगानीकर्ताले ६.९८ प्रतिशतले कमाए ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कम्पनी ६.०६, गुडविल फाइनान्स ५.४७, एनआइबिएल समृद्धि फण्ड एक ५.३३, सिभिल लघुवित्त ५.२९ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतले गुमाए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब २५ अर्ब ७६ करोड ८८ लाख ७० हजार २८७ बराबर कायम भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार