श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेकपा (माओवादी केन्द्र)ले तोक्यो पालिका इन्चार्ज तथा अध्यक्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (माओवादी केन्द्र)ले खोटाङका १० वटै स्थानीय तहमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकेको छ । २२ र २३ भदौमा सम्पन्न माओवादी केन्द्रको जिल्ला कमिटीको विस्तारित बैठकले जिल्लाका सबै तहमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

माओवादी केन्द्रले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको इन्चार्जमा सुरेश राई, सहइन्चार्जमा विनोद आचार्य, जयप्रकाश राई, सन्तोष राई, माधव राई, विकास राई र बलराम राईलाई चयन गरेको छ । यस्तै, नगर कमिटी अध्यक्षमा बिसन राई र सचिवमा युगसन किरात चयन भएका छन् ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको इन्चार्जमा जीवन राई ‘संगीन’, सहइन्चार्जमा हस्तबहादुर राई ‘आमोद’ र चइन्द्र राई ‘आक्रोश’, अध्यक्षमा राजुविक्रम चाम्लिङ र सचिवमा कुमार बुढाथोकी चयन भएका छन् ।

ऐँसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई इन्चार्ज, सृमबहादुर राईलाई सहइन्चार्ज, अगमसिंह राईलाई अध्यक्ष र रमेश राजभण्डारीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

रावाबेँसी गाउँपालिकामा भूमि अधिकारीले इन्चार्ज, लीला श्रेष्ठ ‘सविन’ र रामबहादुर राईले सहइचार्ज, राजन मगरले अध्यक्ष र सीता कटुवालले सचिवको जिम्मेवारी पाएका छन् ।

यस्तै, केपिलासगढी गाउँपालिकाको इन्चार्जमा रश्मि रसाइली, सहइन्चार्जमा रुद्र राई, अध्यक्षमा साङ्गे शेर्पा र सचिवमा जिज्ञासा चुनिएका छन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दीपक पाण्डे ‘आकाश’ले इन्चार्ज, कल्पना चाम्लिङ, अजम्बर राई, लक्ष्मीकुमार राई र मेरु राईले सहइन्चार्ज, राजेन्द्र राईले अध्यक्ष र दीपक पौडेलले सचिवको जिम्मेवारी पाएका छन् ।

खोटेहाङ गाउँपालिकामा उदिम राई ‘मुक्ति’ इन्चार्ज, इन्द्र नाराथुङ्गे सहइन्चार्ज, दीपेन थुलुङ अध्यक्ष र धनबहादुर महाराजी सचिव बनाइएका छन् ।

बराहपोखरी गाउँपालिकामा निशाना राई इन्चार्ज, दुर्गाबहादुर राई सहइन्चार्ज, युवराज मगर अध्यक्ष र ताराकान्त राई सचिव बनेका छन् भने जन्तेढुंगा गाउँपालिकामा अरुणा राईले इन्चार्ज, वीरबल किराती र केदार राईले सहइन्चार्ज, बद्री राईले अध्यक्ष र विकास भट्टराईले सचिवको जिम्मेवारी पाएका छन् ।

यस्तै, साकेला गाउँपालिका इन्चार्जमा अर्जुनकुमार खड्का ‘झंकार’, सहइन्चार्जमा बिर्सिका राई, अध्यक्षमा नवीन राई र सचिवमा मोहन खत्री चयन भएका माओवादी केन्द्रले जनाएको छ । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार