श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बागमतीमा आठ करोड बेरुजु फछ्र्योट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा रु आठ करोड तीन लाख ९८ हजार बेरुजु फछ्र्योट गरेको छ । कार्यालयले ९३ प्रतिशत उपलब्धि हासिल गरेको छ ।

गत आवमा रु आठ करोड ६२ लाख ५१ हजार बेरुजु फछ्र्योटको लक्ष्य तोकिएको थियो । यसैगरी मूल्य अभिवृद्धि बक्यौतातर्फ रु चार करोड ४६ लाख ५० हजार उठाउने लक्ष्य रहेकामा रु पाँच करोड एक लाख ३६ हजार बक्यौता उठाई ११२ प्रतिशत उपलब्धि हासिल गरेको कार्यालय प्रमुख शालिकराम आचार्यले जानकारी दिए । कार्यालयले आव २०७७/७८ मा रु पाँच अर्ब ९९ करोड ३८ लाख राजस्व सङ्कलन गरेको जनाएको छ । लक्ष्यभन्दा रु ६० करोड बढी राजस्व सङ्कलन भएको हो ।

कार्यालयका अनुसार राजस्व सङ्कलन आव २०७६/७७ को तुलनामा २५ प्रतिशतले बढेको, आव २०७७/७८ मा उक्त वर्षको लक्ष्य रु पाँच अर्ब ३९ करोड ९४ लाख रहेकामा रु पाँच अर्ब ९९ करोड ३८ लाख राजस्व सङ्कलन भएको छ ।

कार्यालयको करदाता सेवा शाखाका अनुसार उक्त आवमा थप चार हजार दुई सय ९१ व्यवसाय दर्ता भएकामा मूल्य अभिवृद्धि करतर्फ चार सय ४२ नयाँ व्यवसाय दर्ता भएको छ । उक्त आवमा थप आठ हजार तीन सय ३३ व्यक्तिगत स्थायी लेखा नम्बर जारी भएको कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार