श्रावण २, २०८२ शुक्रबार July 18, 2025

‘मनाङमा बाटो छैन ,स्याउ बजारमा कसरी पुर्‍याउने?’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यसवर्ष जिल्लामा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन्। विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पुर्‍याउन सुरु गरिन्थ्यो। नासों गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले सडक नहुँदा यसवर्ष स्याउ टिप्न र बजारसम्म पुर्‍याउन ढिलो भएको बताए।

उनले भने, ‘विगतका वर्षमा यतिखेर स्याउ टिप्न चटोरो हुन्थ्यो। यसवर्ष स्याउ टिप्न र बजार लैजान सक्ने अवस्था छैन। कतै सडक नहुँदा बारीमा नै कुहिने त होइन भन्ने चिन्ता लागेको छ।’

उनका अनुसार एक सय रोपनीका फार्ममा लगाइएको स्याउ मध्ये ३० रोपनी पहिराले बगाउँदा रु ४० लाख क्षति भएको छ। उनी जस्तै जिल्लाका आफ्नै बारीमा व्यावसायिक स्याउखेती गर्दै आएका किसान सडक नहुँदा मर्कामा परेका छन्। यस पटकको बाढीपहिराले स्याउखेती गर्ने किसान वढी समस्यामा परेका जनाइएको छ। बजारमा स्याउ पुर्‍याउन मुस्किल भएको नासों–८ ताचैका किसान सोलबहादुर गुरुङले बताए।

उनले भने, ‘दशैंँ अगाडिसम्म सडक सुचारु भएमा स्याउ पुर्‍याउन सकिन्छ कि भन्ने आशा जागेको छ।’

एग्रो मनाङका प्रमुख सोमराज गुरुङले यतिखेर स्याउ बजारमा पुर्‍याउनुपर्ने भए पनि सडकका कारण पुर्‍याउन नसकिएको बताए। ‘गतवर्ष यो सिजनमा प्याकिङ गरिन्थ्यो। यसवर्ष पनि दशैंसम्म सडक निर्माण हुने खबर पाएका छौँ। सोही अनुसार प्याकिङको काम थालेका छौँ। सडक बनेपछि बजारमा पुर्‍याउने तयारीमा छौँ,’ उनले भने।

सडक मर्मत जारी

यसैबीच डुम्रे–बेँशीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले सदरमुकाम चामेसम्म असोजसम्ममा सडक सञ्चालन गराउने तयारीमा रहेको जानकारी दिए। मर्मत तथा सम्भार र निर्माण जारी रहेको उनले बताए।

‘सडक मर्मत तथा सम्भार भइरहेको छ। वर्षा भइरहेकाले समस्या भने आइरहेको छ। एक ठाउँमा बनायो अर्को स्थानमा भत्किन्छ। यो समस्याले सडक निर्माणमा अलि ढिलाइ चाहीँ भएकै हो,’ उनले भने।

उनका अनुसार अगामी दशैँं अगावै जिल्ला सदरमुकामसम्म सवारी सञ्चालन गर्ने योजनासहित काम भइरहेको छ। माथिल्लो मनाङ जाने सडक अन्तर्गतको तलेखु–भ्राताङ भीरमा ब्लाष्टिङ गर्ने सबै सामग्री उपलब्ध गराउँदै काम पनि भइरहेको उनले बताए। सो सडकखण्ड एक सय सात किलोमिटरमध्ये लमजुङको बेँशीसहरदेखि नासों गाउँपालिका–१ खोत्रोसम्मको ३५ किमी सडक निर्माण भइसकेको छ।

त्यस्तै चामे गाउँपालिकामा स्थानीयवासीको सहयोगमा पालिकाम पूरै सवारी आवतजावत भइसकेको उनले बताए। उनका अनुसार अब उक्त सडक खण्ड अन्तर्गतको खोत्रोदेखि तिमाङसम्म करिब १५ किलोमिटर सडक निर्माण हुन बाँकी छ। माथिल्लो र तल्लो मनाङलाई जोड्नका लागि करिब साढे दुई महिनापछि तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ। उक्त सडक निर्माण भएपछि सर्वसाधारणलाई आवतजावत तथा सामग्री ढुवानीमा सहज हुनेछ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार