श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सामलिङ पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सामलिङ पावर कम्पनीले स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज (शुक्रवार) रहेको छ ।

कम्पनीले भदौ १८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ लाख कित्ता आईपीओ विक्रीमा ल्याएको हो । जसमध्ये अति प्रभाभित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिकाका वडा नं ४ र ५ का स्थानीय बासिन्दाका लागि ४० प्रतिशत अर्थात् २ लाख कित्ता शेयर छुट्याएको छ ।

बाँकी ६० प्रतिशत अर्थात् ३ लाख कित्ता भने इलाम जिल्लाभरका स्थानीयका लागि छुट्याएको हो । शुक्रवार अर्थात् असोज १ गतेसम्म सम्पूर्ण शेयर विक्री नभएमा असोज १७ गतेसम्म खुला रहनेछ ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एनएमबी बैंक, नेपाल एसबिआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका शाखाबाट आवेदन दिन सक्नेछन् । हाल कम्पनीले इलाम जिल्लामा निर्माणाधीन माइबेनी जलविद्युत् आयोजना अन्तिम चरणमा रहेको जानकारी गराएको छ ।आर्थिक अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार