असार ३०, २०८२ सोमबार July 14, 2025

कांग्रेसको क्रियाशील विवाद टुंगियो – कार्यतालिका अनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लामो वादविवाद र रस्साकस्सीपछि सत्तारुढ नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको छ । कांग्रेसले पछिल्लो पटक १३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको हो ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो । केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले कार्यदलले १३ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको जानकारी दिनुभयो ।

कार्यदलले सबै जिल्लाको सदस्यता विवाद टुंग्याउने सैद्धान्तिक सहमति गरेर प्राविधिक काम गर्न सचिवालयलाई जिम्मा दिएको हो ।

कार्यदलले सहमति गरेपछि सोहीअनुसार सचिवालयलाई सहजीकरण गर्न क्रियाशील सदस्यता छानबिन समिति सदस्यहरू आनन्द ढुंगाना, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ।

प्रदेश २ का आठ वटै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन। सबै जिल्लाको विवाद टुंगिएसँगै कार्यतालिका अनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले बताउनुभयो ।

भोलिका लागि तोकिएको वडा अधिवेशन नरोकिने यादवले जानकारी दिनुभयो । बारा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ( १ मा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ भने निर्वाचन क्षेत्र–२ को १७ वडामा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुनेछ।

सप्तरीको निर्वाचन क्षेत्र १, २ र ४ मा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन प्रक्रिया सुरु हुनेछ। कांग्रेसको महाधिवेशनको कार्यतालिका सात पटक संशोधन भइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बी२०० विमान उड्नेबित्तिकै खस्यो, साउथेन्ड विमानस्थल पूर्ण रूपमा बन्द
२०८२ असार ३०, सोमबार
सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री
२०८२ असार ३०, सोमबार
जग्गा ‘रजिस्ट्रेसन’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा
२०८२ असार ३०, सोमबार
गोली प्रहारबाट किशोरीको मृत्यु
२०८२ असार ३०, सोमबार
फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो
२०८२ असार ३०, सोमबार
इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा
२०८२ असार ३०, सोमबार
म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज
२०८२ असार ३०, सोमबार