असार ३०, २०८२ सोमबार July 14, 2025

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सर्‍यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनमा सरेको छ। यही असोज ८ देखि १० गतेसम्म हुने भनिएको सम्मेलन असोज १४ देखि १६ गतेसम्म हुने क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

उनले सम्मेलनको तयारी नपुगेकाले सम्मेलन सार्नु परेको बताए। आज पार्टी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ र विद्यार्थी इन्चार्ज हितमान शाक्यको उपस्थितिमा बसेको केन्द्रीय कार्यालयको बैठकले सम्मेलन सार्ने निर्णय गरेको उनले बताए ।

क्रान्तिकारीको अहिलेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्मेलन र ६० वटा मात्र जिल्ला सम्मेलन भएका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने राष्ट्रिय सम्मेलनमा ८९९ प्रतिनिधि सहभागी हुनेछन्। बन्दसत्र भने कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा हुनेछ ।

यसअघि क्रान्तिकारीले भदौ २६ मा विधान सम्मेलन गरेको थियो। विधान सम्मेलनले २३ पदाधिकारीसहित १९९ केन्द्रीय समिति हुने निर्णय गरेको थियो। २०७४ सालमा क्रान्तिकारीको २१ औँ सम्मेलन भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बी२०० विमान उड्नेबित्तिकै खस्यो, साउथेन्ड विमानस्थल पूर्ण रूपमा बन्द
२०८२ असार ३०, सोमबार
सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री
२०८२ असार ३०, सोमबार
जग्गा ‘रजिस्ट्रेसन’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा
२०८२ असार ३०, सोमबार
गोली प्रहारबाट किशोरीको मृत्यु
२०८२ असार ३०, सोमबार
फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो
२०८२ असार ३०, सोमबार
इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा
२०८२ असार ३०, सोमबार
म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज
२०८२ असार ३०, सोमबार