असार २३, २०८२ सोमबार July 7, 2025

लागु औषध खैरो हिरोइनसहित चार जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खैरो हिरोइनसहित अवैध लागु औषधको कारोबारमा संलग्न चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

अवैध रुपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा खैरो हिरोइनसहित शङ्कराचार्य गेटबाट दुई जना र रसबरीको डब्बाभित्र लुकाई छिपाइ ल्याएको प्रतिबन्धित लागू औषधसहित वीरगंजको गण्डक चोकबाट दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

बीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकमा चेकजाँचको क्रममा मिठाइको डब्बाभित्र लुकाई छिपाइ ल्याएको अवस्थामा निरेक्स सिरप १०० एमएलको १२० बोतलसहित बर्दियाको गुलरिया घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नम्बर २२ बस्ने राजेश थारु र वडा नम्बर ७ बस्ने सुरेश नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

यसैगरी,  अवैध लागू औषध खैरो हेरोइनसहित बीरगन्ज महानगरपालिका वडा नम्बर १६ शङ्कराचार्य गेटस्थित सडकमा चेकजाँचको क्रममा ६ वटा पुरियामा रहेको ३.४० ग्राम खैरो हिरोइनसहित सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर २ बस्ने सुरज पासवान र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १६ बस्ने लक्ष्मण विष्टलाई पक्राउ गरिएको डिएसपी खनालले बताउनुभयो ।

पक्राउ परेका चारै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको खनालले बताउनुभयो । -रेडियो नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार