असार २९, २०८२ आइतबार July 13, 2025

‘संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्छ’ – महेश बस्नेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेकपा (एमाले)का सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुने क्रममा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै बस्नेतले भने, “एउटै दल सधैँ प्रतिपक्षमा हुन्नन्, अहिले सत्तामा भएका दल भोलि प्रतिपक्षमा पुग्छन् भन्नेमा ध्यान जानुपर्छ ।”

उनले कुनै दलले आफ्ना सांसद्लाई कारवाही गर्दा तुरुन्त सदर हुने र अर्काेले गर्दा नहुने गरेको भन्दै आपत्ति जनाए। उनले जुनसुकै पार्टीको नेता पनि सभामुख भएपछि सबै सांसदको अभिभावक हुनुपर्ने सुझाव पनि सभामुखलाई दिए ।

उनले आफ्नो पार्टीले उठाएका मुद्दा सम्बोधन नभएसम्म सांसदमा विरोध जारी राखिने पनि बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार